च्याम्पियन्स ट्रफी : पाकिस्तानविरुद्ध भारतको फराकिलो जित

लन्डन, २२  जेठ । इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

एसियाका चिरपरिचित प्रतिस्पर्धी भारत र पाकिस्तानबीच आइतबार राति सम्पन्न खेलमा भारत १ सय २४ रनले विजयी भएको हो । बर्मीङ्घममा भएको खेलमा पहिले व्याटिङ गरेको भारतले निर्धारित ४८ ओभरमा ३ विकेट गुमाएर ३ सय १९ रन बनायो । भारतका लागि रोहित शर्माले ९१ रन तथा कप्तान विराट कोहलीले अविजित ८१ रन जोडे । यसैगरी शिखर धवनले ६८ रन जोड्दा युवराज सिंहले ५३ रनको योगदान दिए ।

वर्षाले प्रभावित खेलमा पाकिस्तानलाई ४१ ओभरमा २ सय ८९ रनको नयाँ लक्ष्य दिईयो । तर पाकिस्तानी टोली ३४ औं ओभरमा १ सय ६४ रनमै समेटियो ।

पाकिस्तानका लागि अजहर अलीले ५० रन जोडे भने मोहम्मद हाफिजले ३३ रन बनाए ।

बलिङतर्फ भारतका उमेश यादवले ३ विकेट लिए । त्यस्तै हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले दुई/दुई विकेट लिए । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश भिड्नेछन् ।

 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...