विदेशको कमाईले स्वदेशमा सहयोग

कौरव खत्री:असार ८ गुल्मी। गुल्मीका एक व्यक्तिद्धारा दुई विद्यालयलाई नगद एक लाख आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मदाने गाँउपालिका वडा नं. ३ निवासी हाल कतारमा रोजगारीको शिलशिलामा कार्यरत रहनु भएका समाजसेवी लोकबहादुर के.सीले मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गेमा रहेको भगवति निम्न माध्यमिक विद्यालयको कम्प्युटर खरिद लागिका नगद रु. पचास हजार र सोही नगरपालिक वडा नं.२ को देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको लागि पचास हजार गरि कुल नगद रु. १ लाख सहयोग गर्नुभएको छ ।

साथै नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले भन्नुभयो उक्क्त सहयोग रकमले विद्यायललाई ठूलो सहयोग पुगेको र सहयोगीदाता केसी धन्यवाद दिनुभयो ।

यस्तै सहयोगीदाता केसीले भन्नुभयो, आफू विदेशमा भएपनि आफ्नो गाँउ र ठाँउमा रहेका विद्यालयलाई आफ्नो कमाईको केहि सहयोगले विद्यालयको शैक्षिक विकासमा टेवा मिलोस भनेर आफूले आर्थिक सहयोग गरेको बताउनु भयो ।

साथै केसीले भन्नुभयो आफू विदेशमा भएपनि आफ्नो गाँउ ठाँउ र जन्मभूमिप्रति सामाजिक क्षेत्रमा भावी दिनमा पनि सामाजिक क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताउनु भयो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...