निर्वाचित नेपाल क्रिकेट संघको विशेष साधारणसभा भदौमा हुने

काठमाडौं, १६ साउन । निर्वाचित नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा भदौमा हुने भएको छ ।

नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तयार पारेको विधान पारित गराउन क्यानको विशेष साधारण सभा डाक्न लागिएको हो ।

भदौ पहिलो साता विशेष साधारणसभाले नयाँ विधान पारित गरेपछि क्रिकेट विवाद समाधान हुने अपेक्षा गरिएको छ ।हिजो राजधानीमा बसेको क्यानको बैठकले सल्लाहकार समितिले तयार पारेको विधानलाई साधारण सभामा लैजाने निर्णय गरेको हो ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा गठित सल्लाहकार समितिमा निर्वाचित क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पनि सदस्य थिए ।

उनीहरुकै सहभागितामा नयाँ विधान तयार पारिएको हो ।दुई हप्ता अघि नेपाल आएको आईसीसी टोलीले प्रस्तावित विधान साधारणसभाबाट पारित गराउन क्यानलाई निर्देशन दिएअनुसार साधारण सभा बोलाउन लागिएको हो ।

क्यानको साधारण सभाबाट यो विधान पारित भएपछि नेपाली क्रिकेटको विवाद समाधानको औपचारिक बाटो खुल्ने बताइएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...