गौचन हत्याका दोषिलाई कारबाहि गर्न यातायात व्यबसायि महासंघको माग

काठमाण्डौ,२४अशोज । नेपाल राष्ट्रिय यातायात व्यवसायि सर्बोच्च महासंघले निर्माण व्यबसायी महासंघका अध्यक्ष शरद कुमार गौचनका हत्यारालाई अबिलम्ब पक्राउ गरी कानुनी कारबाहि गर्न सरकार समक्ष माग गरेको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्बोच्च महासंघले आज पे्रस विज्ञप्ती जारी गर्दै निर्माण व्यवसायी महासंका अध्यक्ष शरद कुमार गौचनका हत्यारालाई कानुनी कारबाही गर्न सरकार समक्ष माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ,‘सो घटनाका हत्याराहरु अविलम्ब पक्राउ गरि कानुनि कारबाहिका लागि जोडदार माग गर्दछौँ, साथै शान्ति सुरक्षाका लागि थप कडा व्बस्था मिलाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ।’

सर्वोच्च महासंघले जारि गरेको विज्ञप्तिमा भनिएको छ,‘यस घटनामा दुखित बन्नु भएका शोकाकुल परिवारजन प्रति हार्दीक समबेदना व्यक्त गर्दै स्वर्गीय गौचन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं, साथै नेपाल निर्माण व्यवसायी महासंघ परिवार प्रति समेत हार्दिक समबेदना व्यक्त गर्दै महासंघले तय गरेका यस घटनासंघ सम्बन्धित सम्पुर्ण कार्यक्रममा यस महासंघले सक्रिय एक्यबद्धता जनाउने व्यहोरा यसै बिज्ञप्ती मार्फत व्यक्त गरीन्छ।’

हिजो अज्ञात समुहको गोली प्रहारबाट घाईते भएका निर्माण व्यबसायि महासंघका अध्यक्ष गौचनलाई सिबिल हस्पीटल वानेश्वर लिदै गर्दा बाटो मै मृत्यु भएको थियो ।

 

 


Loading...
Loading...

धेरैले पढेको

Loading...