एमालेले जनतालाई खुल्ला कैदी बनायो : नेता पौडेल

दमौली, तनहुँ, १० मंसिर (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाउनुभएको छ ।

तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ को मर्कोटको चुनावी सभालाई आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो आरोप लगाउनुभएको हो ।
सो क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको पौडेलले बताउनुभयो । एमालेले त्यस क्षेत्रका बासिन्दालाई अभिव्यक्ति स्वतन्त्रता हुनबाट समेत वञ्चित गराई लोकतन्त्रवादीसँग आफ्ना कुराहरु भन्न नदिने गरेको पौडेलले बताउनुभयो ।

त्यस क्षेत्रमा काँग्रेसको जनलहर आएको भन्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले चुनाव जित्ने दाबी गर्नुभयो ।

क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले यस क्षेत्रको मोटरबाटो र सिँचाइको पूर्वाधार विकास गर्न नेपाली काँग्रेसले अगुवाइ गर्ने बताउनुभयो । त्यसका लागि निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।


Loading...
Loading...

धेरैले पढेको

Loading...