आमाको महत्व बुझाउने जीवन्त तस्वीरः ‘आमा’

post-advert

रत्ननगर, चितवन, २६ पुस । सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने गरेका छन् । पारिवारिक कारण आमाबुबा वृद्धाश्रममा छाडिन्छन् । भविश्यमा आफू पनि आमाबुबा भइन्छ भन्ने ख्यालै गरिँदैन । त्यस्तै त्यस्तै विषय समेटेर मानव सेवा आश्रमको एउटा कलाकार समूह नाटक ‘आमा’ सहित देश दौडाहामा छ ।

छोराछोरीको विकृत मनोभावलाई त्याग्न प्रेरणा दिँदै आमाको महत्व दर्शाउने एउटा जीवन्त उदाहरण हो नाटक ‘आमा’ ।
नाटकको शुरुवात् आमाप्रतिको बुहारीको तिरस्कृत मनोभावबाट शुरु हुन्छ ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले घरबाट निकालिएपछि वाग्मतीको पुलमुनि मृत्युवरण गर्न पुगेकी आमाले मृत्यु हुनुअघि छोरालाई सम्बोधन गर्दै लेखिएको मातृवात्सल्यसँग छोको हेयलाई तुलना गरिएको कथासहितको बेदनाको पोको खोल्छन् । यसैबाट दर्शकको मन रसाउन शुरु गर्छ ।

त्यसपछि नाटक ‘आमा’ शुरु हुन्छ ।।।

“कत्ति सुत्न सक्या भन्या, घरमा काम लठपत्रै छ”, यसो उठेर फूलमा पानी मात्रै हाल्दे’नी हुन्थ्यो नि, सुतिरहेकी बिरामी तथा वृद्धा आमालाई शान्तिले चर्केर तिखाले बचन लगाउँछिन् । “बाहिर गर आफैँ, भित्र आफँै, सक्दिन म, के म यो घरको नोकर हो र रु” शान्ति कराउन छाड्दिनन् ।

“हेर न बुहारी, आज मलाई अलि सञ्चो छैन, फूलमा पानी तिमी नै हाल न है”, आमा भन्छिन् । बुहारीलाई आमा घरमा बसेको मन पर्दैन । वृद्धाश्रममा पठाउन श्रीमान्लाई दबाब दिन्छिन् । देखावटी आधुनिकतामा हुर्केकी बुहारी उच्च वर्गको देखाउन साथीहरु आउँदा आमा नदेखिए हुन्थ्यो झैँ गर्छिन् । बुहारीकै कचकच र गनगनले छोरा पनि आमालाई तिरस्कार गर्न पुग्छ ।

आमाको ममता अपरम्पार हुन्छ । त्यसको कुनै मोल नै हुन्न । तर छोराले यी सब कुरा बिर्सन्छ । जन्माएको हुर्काएको कति खर्च लाग्छ त्यो चुक्ता गर्ने अहमत जाग्छ ।

“एकछिन छोरा, तँ एउटी आमाले गरेको ममताको मूल्य चुक्ता गर्न चाहन्छस् हैन, ठीक छ तँलाई जन्माएँ हुर्काएँ, बढाएँ, आज यतिसम्म बनाएँ, यति धेरै हिसाब त आज म बुझाउन सक्दिन, तर एक हप्ताभित्र तँलाई सम्पूर्ण हिसाब बुझाउने छु ।” ऊ घर छाडेर जान लाग्दा आमाले रोक्दै भन्छिन् । उपस्थित दर्शकमा आँशुका धारा बग्न थाल्छन् । आमाहरुको मन थामिँदैन ।

नाटक हेर्दै गोरखाकी लिलावती अधिकारी सुक्कसुँक्क गरी रुन थाल्नुभयो । “सुखदुःख दुवैसँगै त हुन्छ, दुःख देख्दा रुन मन लाग्यो”, अधिकारीले भन्नुभयो, “घरपरिवार नै राम्रो भए बाआमा यसरी बिछोडिनु पर्थेन, बा आमा विचल्ली हुनुपर्थेन ।” उनीसँगै ८७ वर्षका वृद्ध वैकुण्ठ अर्याल र ८१ वर्षीया दमयन्ती अर्याल दम्पती नै लट्ठी टेकेर आमा नाटक हेर्न सहभागी हुनुहुन्थ्यो । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...