इङ्गलिस प्रिमियर लिगमा आज सात खेल हुँदै

post-advert

काठमाडौं, २९ पुस । इङ्गलिस प्रिमियर लिगअन्तर्गत आजबाट २३ औं चरणका खेल हुँदै छन् । लिगमा आज सात खेल हुँदै छन् ।

नेपाली समयअनुसार राति पौने ९ बजे ६ खेल हुँदै छन् । चेल्सी र लेस्टर सिटी, क्रिस्टल प्यालेस र बर्न्ले, हडल्सफिल्ड टाउन र वेस्टहाम युनाइटेड, न्यूक्यासल युनाइडे र स्वान्सी सिटी, वार्टफोर्ड र साउथ ह्याम्पटन तथा वेस्ट ब्रोमविच र ब्राइटन भिड्दै छन् ।

त्यसैगरी आजै राति सवा ११ बजे टोटनह्याम र एभर्टन भिड्दै छन् । अहिलेसम्म भएका २२ खेलमा ६२ अंकसहित म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यसैगरी ४७ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा रहँदा ४६ अंकसहित चेल्सी तेस्रो र ४४ अंकसहित लिभरपुल चौथो स्थानमा रहेका छन् । एजेन्सीको सहयोगमा

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...