शहीद घोषणा स्वागतयोग्य : वरिष्ठ नेता पौडेल

post-advert

काठमाडौँ, २९ पुस (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धनकुटाको खोकु छिन्ताङमा मारिएका व्यक्तिलाई शहीद घोषणा र क्षतिपूर्ति दिने सरकारको निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ ।

वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी पञ्चायत होस् वा सबै खाले अधिनायकवादविरुद्ध र लोकतन्त्रको पक्षमा पटकपटक संघर्ष गर्दा ज्यान गुमाएका व्यक्तिलाई शहीद घोषणा गर्नुपर्ने र सम्पत्ति खोसिएकाको उचित प्रबन्धसहित क्षतिपूर्ति दिन माग गर्नुभयो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई शहीद घोषणा गरी रु दश÷दश लाख राहत दिने निर्णय गरेको थियो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...