पशुपतिमा भेदभाव, सदस्य सचिव खान्छन् एक लाख, सुरक्षा गार्डलाई ११ हजार

post-advert

३० पुस, काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषअन्तरगत रहेर सुरक्षा गार्डको गरिरहेका कर्मचारीलाई कोषले श्रम शोषण गरेको पाइएको छ । गार्डको रुपमा कार्यरत कर्मचारीहरुलाई कोषका सदस्य सचिव प्रदिप ढकालले श्रम शोषण गरेको आरोप लगाइएको छ ।

दैनिक २४ घण्टासम्म काममा लगाइएको गार्डहरुलाई मासिक तलब जम्मा ११ हजार रुपैयाँ दिने गरिएको गुनासो ति गार्डहरुले गरेका छन् । यससम्बन्धनमा सदस्य सचिव ढकाललाई जानकारी गराउँदा कुनै सुनुवाई नभएको पीडित कर्मचारीले गुनासो गरेका छन् ।

खाना र बस्ने सुविधाबिना मासिक ११ हजार तलबमा काम गर्नुपरेको गुनासो कर्मचारीको छ ।

“कोष धनी हुँदाहुँदै पनि कामदारलाई उचित तलब दिइएको छैन । माग सम्बोधन गर्ने निकाय नै बेखबर जस्तै बनेको छ ।” एक कर्मचारीले भने ।
यस विषयमा सदस्य सचिव ढकालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

हिन्दुहरुको महत्वपूर्ण धार्मिक स्थलको रुपमा परिचित पशुपतिनाथ भित्र काम गर्नेहरु नै अन्यायमा पर्दासमेत सदस्य सचिव ढकाल भने मुकदर्शक बनेको आरोप लागेको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...