एमाले–माओवादी कार्यदल बैठक सम्पन्न : साझा उम्मेद्धवार तय गर्ने निर्णय

post-advert

काठमाडौं, ३० पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यदलले आगामी माघ तीन गते राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार तय गर्ने भएको छ ।

सिंहदरबारमा स्थीत एमाले संसदीय दलको कार्यालयमा आइतबार बसेको कार्यदलको बैठकमा राष्ट्रियसभा निर्वाचन दुवै पार्टीबाट पठाउने उम्मेद्वारका बिषयमा छलफल भएको र आगामी माघ तीन गते बस्ने बैठकले त्यसको अन्तिम टुङ्गो लगाउने एमाले नेता एवं कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिए ।
माघको दुई गते अध्यक्ष केपी ओली स्वदेश फर्कने र त्यसपछि दुवै दलका शिर्ष नेतासंग छलफल गरेर राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार टुङ्ग्याउने उनले बताए ।

बैठकमा राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको मापदण्ड र प्रदेशका मतदाताका बिषयमा पनि छलफल गरिएको कार्यदल सदस्य एवं माओवादी नेता बर्षमान पुनले जानकारी दिए । उनले तीन गते बस्ने बैठकले नै राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार टुङ्गीने बताए ।

यसअघि शनिबार पनि कार्यदल सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचन तयारी र प्रदेशसभा गठनबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेका थिए । पार्टी एकता सम्वन्धी बिषयमा भने थाइल्याण्डमा उपचाररत एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किएपछि मात्रै छलफल हुने बताईएको छ । कार्यदलमा एमाले र माओवादीका तीन तीन सदस्य रहेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...