जुत्ता पसलमा आगलागी ६० लाखको क्षति

post-advert

राजविराज, २६ फाग्न । सप्तरीको राजविराजस्थित हटियामा आज बिहान एउटा जुत्ता पसलमा आगलागी हुँदा करिब रु ६० लाख बराबरको क्षति भएको छ ।

स्थानीय नौसाद खातुनले बिक्रीका लागि राखिएको जुत्ता, चप्पल पसलमा आगलागी हुँदा सो मूल्य बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राति पसल बन्द गरेर गएका खातुन बिहान आउदा आगो लागेको अवस्थामा देखेपछि छरछिमेकलाई बोलाएर आगो निभाएको पीडितलाई उद्धित गर्दै प्रहरीले जनाएको छ ।

आगलागीका कारण भने हालसम्म खुलेको छैन । नौसादले विगत २५ वर्षदेखि राजविराजको हटियामा जुत्ता पसल सञ्चालन गर्दैभएको बताइएको छ ।

आगोलाई नियन्त्रण गर्न सुनसरीको इनरुवा र लहानबाट आएको बारुणयन्त्रणले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...