पत्रकार र महिला विकास संस्था सम्मानित

पोखरा, ४ चैत। स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाले रुपन्देहीकी पत्रकार सीता दर्नाल तथा पोखरा–८, सिमलचौरस्थित महिला सीप विकास संस्थालाई सम्मान गरेको छ ।

पत्रकार दर्नाललाई रु पाँच हजार नगदसहित उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले सम्मानपत्र र दोसल्लाबाट सम्मान गर्नुभयो भने सीप विकास संस्थालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा मुख्य न्यायाधीश चुडालले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै राजनीतिक आस्थाका आधारमा पत्रकारिता गर्दा सत्यतथ्य कुरा बाहिर नआउने विचार राखे ।

प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले स्वतन्त्र पत्रकार संघको महिला पत्रकार सम्मान तथा महिला संस्था सम्मान कार्यक्रम प्रशंसायोग्य भएको बताउँदै प्रदेश तहमा निर्माण गरिने कानूनलाई महिलामैत्री बनाउन पहल गर्ने प्रतिबद्घता व्यक्त गरे।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघ स्वाभिमानी पत्रकारको संस्था भएको दाबी गर्दै स्वतन्त्र पत्रकारले पत्रकारिता गर्दा आफ्नो दलीय आस्था प्रकट नगर्ने जिकिर गरे ।


Loading...
Loading...

धेरैले पढेको

Loading...