मन्त्रीका कुरा सुनेर सचिवले जिब्रो टोके

काठमाडौं, ९ चैत्र । नवनियुक्त मन्त्रीहरु यतिवेला धमाधम मातहातका कर्मचारीहरुसँग ब्रिफिङ् लिन व्यस्त छन् ।

उनीहरुले यो एक हप्तामा व्रिफिङ लिने र बधाई थाप्ने काम गरिरहेका छन् । कतिपय मन्त्रीहरुले त सचिवको व्रिफिङ सुनेपछि त्यो भनेको के हो ? भनेर सोध्ने गरेको स्रोतको दाबी छ । मन्त्रालयकै बारेमा उनीहरुलाई प्राविधिक ज्ञान समेत नभएको बुझिएको छ ।

हुन त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा दुई चारजना मन्त्रीहरु अनुभवी छन् । तर, कतिपय नयाँ अनुहारमा भने अझैपनि ज्ञानको कमी देखिएको सिंहदरबारभित्रका कर्मचारीहरुले गाँईगुँई कुरा गर्न थालेका छन् ।

मन्त्रीहरु जतिवेला पनि व्रिफिङ र अनुगमनमा मात्रै व्यस्त छन् । मन्त्रीहरुको यो पारा देखेपछि कर्मचारीहरुले हेप्ने खतरा बढेको छ । यही पाराले कसरी मुलुकले समृद्धि हाँसिल गर्ला त ? भन्ने चर्चा उठिरहेको छ ।


Loading...
Loading...

सम्बन्धित शीर्षकहरु

धेरैले पढेको

Loading...