रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं, २९ चैत । साविक विजेता रियल मड्रिडसँगै वायर्न म्युनिख ‘च्याम्पियन्स लिग फुटबल’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा युभेन्टससँग रियल पराजित भए पनि पहिलो लेगको नतिजाका आधारमा रोमाञ्चक जित निकाल्दै रियल सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा गएराति भएको दोस्रो लेगमा ३–१ ले पराजित भएको हो । तर समग्रमा चार–तीन गोलअन्तरले सेमिफाइनलमा स्थान बनाउन रियल सफल भयो ।

उत्कृष्ट कमब्याक गर्ने योजनामा देखिएको युभेन्टसले ३–० को अग्रता बनाइसकेको थियो । तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत रियलले अन्तिम चारमा स्थान बनायो ।  एजेन्सीको सहयोगमा 

 


Loading...
Loading...

धेरैले पढेको

Loading...