चलचित्र ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं, १ बैशाख । वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ।

ट्रेलरमा नव नायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा उनी ुदिवानाु भएका छन् । सार्वजनिक ट्रेलर कलरफूल बनेको छ । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई बालकलाकार, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

उक्त फिल्ममा ुतरकारीवालीु को नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

ट्रेलर रिलिज कार्यक्रममा बोल्दै सलोनले ‘लम्फू’ मा आफ्नो भूमिका फरक रहेको बताए । उनी भन्छन्, ‘यसअघि मलाई धेरै फिल्ममा चुलबुले क्यारेक्टरमा देख्नुभएको थियो तर यसमा पूरै फरक छ । केही डार्क साइड र केही इमोशनल पाटो देख्न सक्नुहुन्छ ।’

नव(अभिनेता कबिरले ‘लम्फू’ मा आफूले गर्न सक्ने मिहिनेत सम्पूर्ण गरेको बताउँछन् । निर्देशक गोपालचन्द्र लामिछानेले इमान्दारितापूर्वक आफूले फिल्ममा काम गरेको बताए । उनी भन्छन्, ‘भयंकर छ त भन्दिनँ तर दर्शकलाई मनोरञ्जन दिनका लागि फिल्मले कुनै कसर बाँकी राख्दैन ।’

निर्माता घोरासैनीले ‘लम्फू’ राम्रो बनाउनका लागि खर्चमा कतै पनि कञ्जुसाई नगरेको सुनाउँछन् । यस्तै, तरकारीवाली नामले परिचित कुशुमले फिल्ममा आफ्नो छोटो भूमिका भएपनि राम्रो रहेको बताइन् । यो उनी अभिनीत पहिलो फिल्म हो ।

फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले फिल्ममा कस्ट्युम डिजाईन गरेकी छन् । साभार


Loading...
Loading...

धेरैले पढेको

Loading...