‘फूल फुलेको केलाई हो’मा शंकर र अस्मिताको ‘केमिष्ट्रि’ भिडियो सहित

काठमाडौं, २ बैशाख । चर्चित मोडल एवम् निर्देशक शंकर बिसी र अस्मिता राना मगरको अभिनयमा ‘फूल फुलेको के लाई हो’ बोलको लोक दोहोरी गीत बजारमा आएको छ । गीतमा शंकर बिसी र अस्मिताको केमिष्ट्रिलाई गजबको मिलेको मान्न सकिन्छ ।

हरि बहादुर काफ्ले मगर र पावर्ती कार्की स्वर रहेको उक्त गीत चन्द्र सुर्य फिल्मस् प्रा.लिले बजारमा ल्याएको हो । नंदिता मगर र हरी बहादुर काफ्ले मगरको शब्द रहेको गीतको लय बाल कुमार श्रेष्ठले तयार पारेका हुन । भागिरथ गाह मगरको निर्देशन तथा सुरेश श्रेष्ठले छायांकन रहेको गीतको भिडियो सम्पादन नविन घर्ती मगरले गरेका छन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...