प्रचण्डले प्रधानमन्त्रीमा लिखित सहमति खोजेपछि बालुवाटार बैठक लम्बियो

काठमाडौं, ३ बैशाख । पार्टी एकता’bout ठोस सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक लम्बिएको छ ।

बालुवाटार निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले सम्मानजनक एकता त्यसमा पनि ५० ५० हुनुपर्ने अडान र प्रधानमन्त्रीमा आलोपालो हुनुपर्ने जिकिर गरेपछि दुई नेताहरुको बैठक केही लम्बिएको हो । बैठकमा प्रचण्डले प्रधानमन्त्री आलोपालो चलाउने’bout लिखित नै सहमति खोजेपछि ओली सहमत हुन नसक्ने मुडमा छन् ।

बैठक अझै केही बेर लम्बिने स्रोतको दाबी छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...