बुढीगण्डकी जलविद्युत आयोजना’bout कुनैपनि छलफल हुँदैन् : मन्त्री ज्ञवाली

काठमाडौं, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा बुढीगण्डकी जलविद्युत आयोजना’bout कुनैपनि छलफल नहुने बताएका छन् ।

मन्त्री ज्ञवालीले बुढिगण्डकी लागयत पुर्ववर्ती सरकारले गरेका निर्णय र काम’bout वर्तमान सरकारले अध्ययन गरिरहेकाले त्यसवारे अहिले नै कुनै निर्णय नगर्ने स्पष्ट पारेका हुन् ।

त्यस्तै परराष्ट्र मन्त्री ज्ञवालीले २०१८ उच्चस्तरीय भ्रमणको बर्षको रुपमा रहने भन्दै नेपालका प्रधानमन्त्री चीन जाने र चिनियाँ उच्चपदाधिकारीहरु यो बर्ष नेपाल आउने दावी समेत गरे । नेपालले दुई छिमेकी देशबीच पन्चशीलकै आधारमा सम्बन्ध विस्तार गर्ने मन्त्री ज्ञवालीले सुनाए ।

आजै साँझ ५ दिने चीन भ्रमणमा जान लागेका परराष्ट्र मन्त्री ज्ञवालीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी चीनसँग यसअघि भएका सहमति, सम्झौता र सहयोगका ’boutमा बृहद छलफल गर्ने बताए ।

उनले पहिलो पटक केपी ओली प्रधानमन्त्री भएका बेला बेइजिङमा भएको पारवहन सम्झौताको डकुमेन्ट गत अगस्तमा मात्रै बुझाएको र उक्त प्रतिवेदन’bout अध्ययन भइरहेको पनि जानकारी दिए ।

उनले तातोपानी, चिलेमे, केरुङ र कोरला नाका खुलाउने विषयमा आफ्नो भ्रमण केन्द्रीत रहने समेत बताए । तातोपानी नाका खुलाउने प्रयास यसअघि नै भएपनि डाँडो नै हल्लिएकाले सो नाका खुलाउन केहि समय लाग्न सक्ने भएकाले अरु नाका चाडो खुलाउन पहल गरिने उनको भनाई छ ।

त्यस्तै भ्रमणका बेला नेपालमा भएको तीनै तहको चुनाव’bout चिनियाँ पक्षलाई जानकारी गराउने तयारी गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 


Loading...
Loading...

सम्बन्धित शीर्षकहरु

धेरैले पढेको

Loading...