भ्रष्ट सासंद भएपछि कसको के लाग्छ ?

वैशाख ४, काठमाण्डौ । सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् ।

सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद नियमावलीअनुसार विकासमा छुट्याइएको रकम वितरणमुखी कार्यक्रम, सभा, सम्मेलन वा गोष्ठीमा खर्च गर्न पाइँदैन ।

तर, निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेटले बारामा १७० र रौतहटमा ३१४ गरी ४८४ साइकल खरिद गरेर वितरण गरिएको छ । यसमा ३४ लाख २८ हजार खर्च गरिएको महालेखा परीक्षकको ५५औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला समन्वय समिति काठमाडौंले एक सांसदको सांसद विकास कार्यक्रमबाट कोटेश्वरमा उपभोक्ता समितिमार्फत योग शिविर चलाएको छ । जसमा प्रशिक्षण भत्ताबापत ७ लाख २८ हजार, खाना, साउन्ड र त्रिपाल भाडामा ६ लाख ६१ हजार रुपैयाँ खर्च गरिएको छ ।

त्यस्तै, कागेश्वरी मनोहरामा भाषा र योग शिविरमा ६ लाख ४२ हजारसमेत गरी २० लाख ३१ हजार र कुलेश्वरको योगपार्क निर्माणमा ११ लाख ५० हजारसमेत ३० लाख ७६ हजार खर्च गरिएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...