एकताका लागि आज निर्णायक वार्ता : के होला ?

वैशाख ४, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रबीच पार्टी एकता’bout मंगलबार निर्णायक वार्ता हुने भएको छ ।

वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् ।
वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकतालाई अन्तिम रुप दिन गरी छलफल अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बैठकमा एकताका विषयमा टुंगो लगाउने गरी मंगलबार छलफल हुने जानकारी गराएका छन् ।

‘अध्यक्षले माओवादी अध्यक्ष दाहालसँग भएको छलफल’bout ब्रिफिङ गर्नुभयो,’ स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले भने, ‘उहाँले कार्यदलले बुझाएको मस्यौदामाथि मंगलबारदेखि छलफल गरेर अन्तिम रुप दिइने जानकारी गराउनुभयो ।

वैशाख ९ गते नै एकता हुने गरी पहल गर्ने निर्णय भएको छ ।’

बैठकमा अध्यक्ष ओलीले वैशाख ९ गते नै पार्टी एकता हुने गरी छलफल अघि बढ्ने बताएका थिए । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पारेर एकता गर्नुपर्ने कार्यदलको सुझाव थियो ।

नेम्वाङका अनुसार एकता संयोजन समिति बैठकले पारित गरेका विषयलाई एमाले पोलिटब्युरो तथा केन्द्रीय कमिटीबाट पारित गरिनेछ।

एमालेले वैशाख ६ गते पोलिटब्युरो र वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

माओवादी केन्द्रले पनि मंगलबार बिहान शीर्ष नेताहरुबीच छलफल गर्ने तयारी गरेको छ ।

सोमबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टासम्म एक्लाएक्लै छलफल भएको थियो ।

छलफलमा दुवै अध्यक्षले एकता प्रक्रिया’bout आआफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री ओली र दाहालबीच करिब साढे दुई घन्टा छलफल भएको थियो।

छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार बिहान सिन्धुपाल्चोकको सुकुटेबाट काठमाडौंमा आएका थिए । ‘दुवै अध्यक्षबीच भएको छलफलमा भोलि (मंगलबार) बिहान नौ बजे केन्द्रीय एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ।

एमाले अध्यक्ष ओलीसँगको बैठक स्थगित गरेर दाहाल आइतबार सिन्धुपाल्चोकको सुकुटेतर्फ लागेका थिए । त्यसपछि वैशाख ९ गते हुने भनिएको एकता’bout आशंका उत्पन्न भएको थियो ।


Loading...
Loading...

धेरैले पढेको

Loading...