अर्ली महाधिवेशन होइन, समयमा नै महाधिवेशन गर्ने कुरा प्राथमिकतामा छ : खड्का

वैशाख ४, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक खड्काले अब बस्ने केन्द्रिय समितिको बैठकमा पदाधिकारी चयन हुने सम्भावना रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले पदाधिकारी नियुक्तिको दायित्व सभापति शेरबहादुर देउवामाथि भएको भन्दै अबको बैठकमा प्रस्ताव आउन सक्ने बताए ।

समझदारी गरेर पदाधिकारी नियुक्ति गर्न खोजेकाले केही ढिला भएको हुन सक्ने भन्दै खड्काले अबको बैठकमा देउवाको प्रस्ताव अनुमोदन हुने बताए ।

उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा कसकसलाई नियुक्ति गर्ने भन्ने कुरा अहिले नै निश्चित भइनसकेको खड्काले बताए ।

केन्द्रिय समिति बैठकले महासमिति बैठक बोलाउने सम्भावना भए पनि अर्लि महाधिवेशनको सम्भावना कम रहेको खड्काले बताए ।

“सभापतिको अधिकार क्षेत्रभित्र रहने कुरा भएकाले अर्ली महाधिवेशन होइन, समयमा नै महाधिवेशन गर्ने कुरा प्राथमिकतामा छ । एक वर्ष कार्यकाल थप्न सकिने व्यवस्था भए पनि यसपटक समय नथपी महाधिवेशन हुन सक्छ ।” खड्काले भने ।


Loading...
Loading...

धेरैले पढेको

Loading...