संविधान संशोधन गरेपछि सरकारमा सहभागि हुन्छौँ : कर्ण

वैशाख ४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरु तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले संविधान संशोधन हुने पक्का नभएसम्म राजपा सरकारमा नजाने बताए ।

“जुन बेला संविधान संशोधन हुन्छ त्यही बेला हामी सरकारमा सहभागि हुन्छौँ । सरकारले संविधान संशोधनको कदम उठायो भने नेपाली कांग्रेसले पनि त्यसमा समर्थन गर्छ ।” कर्णले भने ।

प्रदेश दुईको सरकारमा वाम गठबन्धनले आफूहरुलाई विश्वासको मत दिएकाले केन्द्र सरकारलाई विश्वासको मत दिएको कर्णको भनाई छ ।

प्रदेश सरकारले अहिले सोचेजति काम गर्न नसकेको भन्दै कर्णले केन्द्र सरकारको सहयोग बिना प्रदेश सरकारले काम गर्न सक्ने अवस्था नरहेको बताए ।

संविधानले प्रदेश सरकारलाई अधिकार दिए पनि आर्थिक स्रोत नभएकाले प्रदेश सरकारले काम गर्न नसकेको उनको भनाई छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...