संविधान संशोधन अनिवार्य

महेन्द्र राय यादव, राष्ट्रिय जनता पार्टी, अध्यक्ष मण्डल : जबसम्म मुलुकमा राजनीतिक मुद्दाहरूको सम्बोधन हुँदैन तबसम्म विकास र समृद्धि सम्भव छैन । जति पनि विकसित मुलुक छन् त्यहाँ पहिला राजनीतिक मुद्दाको सम्बोधन भएको अनि मात्र विकास समृद्धि भएको छ । त्यसैले विकास गर्न राजनीतिक मुद्दालाई सम्बोधन गर्नुपर्छ त्यसपछि समृद्धि आपैmं हुन्छ ।

हामीले संविधानमा जुन मुद्दा उठाएका छौं । त्यसमा केही राजनीतिक मुद्दाहरू छन् त्यो समाधान नहुँदासम्म समृद्धिको सम्भावना छैन । राजनीतिक मुद्दालाई पहिला समाधान गर्नुपर्छ त्यसपछि समृद्धि स्वतः अगाडि बढ्छ । हाम्रो देशमा आन्तरिक समस्या धेरै छन् । जुन कुरा नेपाली कांग्रेसले स्वीकारेको छ । नेकपा माओवादीले पनि पछि स्वीकार गरेको छ ।

यो संविधान अहिले पनि धेरै सच्याउनुपर्छ । संविधानमा पहिला पनि दुईवटा धारा संशोधन भएको हो त्यसकारण अहिले पनि यो आवश्यक देखिन्छ । देशमा स्थायी शान्ति कायम गर्ने हो अहिले पनि संविधान संशोधन गर्नुपर्छ । यो संविधान बन्दा पनि हतारहतारमा भएको छ । अन्तरिम संविधानमा पनि धेरै कुरा सच्याइएको छ । संविधान भनेको सबैको सर्वस्वीकार्य हुनुपर्छ । यो सहमतिको दस्तावेज हुनुहँुदैन । यो संविधानप्रति असहमति राखेर त्यत्रो आन्दोलन भयो जनताले त्यसमा ज्यानै गुमाए । संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ अनि मात्र कार्यान्वयन हुन्छ ।

नेपाल राष्ट्रको हितमा, अखण्डताको पक्षमा कुनै प्रकारको आँच नआउने गरी संविधान संशोधन हुुनुपर्छ । कुनै विदेशीको इशारामा राष्ट्रियता खल्बलिनु हुँदैन । यस प्रकारको सुमधुर सम्बन्ध कायम राख्न सकेका छिमेकीहरूको सम्बन्धलाई प्रगाढ बनाएर लान सकिन्छ । सरकार प्रमुखले सबै समस्याको समाधानको बाटो खोजेर अगाडि बढेमा समृद्धि भएरै छाड्छ । देशमा सामाजिक सद्भावको कुरा हो, पहिचानको कुरा हो यसलाई सम्बोधन गर्दा सबैको सर्वस्वीकार्य हुनुपर्छ । यसरी अगाडि बढ्न सके मुलुकको विकास र समृद्धिको बाटोमा फड्को मार्छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...