फोरम र राजपा सरकारमा सहभागि हुने विषय किन सेलायो ?

वैशाख ११, काठमाण्डौ । वाम गठबन्धनको सरकारमा जाने भनिएका मधेशवादी दलहरु संघीय समाजवादी फोरम राष्ट्रिय जनता पार्टी अहिलेसम्म सरकार बाहिरै छन् ।

केही समयअघि दुवै दललाई सरकारमा सहभागि गराउने भनेर प्रधानमन्त्री ओलीले छलफल तिब्र बनाएका थिए । फोरम र राजपा पनि सरकारमा जान हतारिए झैँ गरी प्रधानमन्त्री ओलीको पछिपछि दौडिएका थिए ।

तर उक्त दौडधुपको उपलब्धि अहिलेसम्म देखिएको छैन । राजपा सरकारमा जाने विषयमा पहिलो चरणको छलफल मात्रै भए पनि फोरम त सरकारमा सहभागि हुने पक्कापक्की भएको चर्चा चलेको थियो ।

तर पछिल्लो सयम यि दुई दल सरकारमा जाने विषय ओझेलमा परेको छ । दुवै दलले समान तर आ–आफ्नै ढंगले आफूहरुले भनेअनुसार संविधान संशोधन गर्न सरकार तयार भएको अवस्थामा मात्रै सरकारमा सहभागि हुने बताएका थिए ।

संविधान संशोधनका विषयमा आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्री ओलीले पनि दुवै दललाई सरकारमा सहभागि गराउने प्रयास गरका थिए । तर भारत भ्रमणबाट फर्किएपछि फोरम र राजपाको सरकारमा सहभागि हुने विषय सेलाएको हो ।

यद्यपी आन्तरिक रुपमा ति दललाई सरकारमा सहभागि गराउने विषयमा प्रधानमन्त्री ओली सक्रिय रहेको बुझिएको छ । बहुमतको सरकार चलाइरहेका ओलीलाई ति दल पनि सरकारमा सहभागि भएको खण्डमा दुई तिहाई बहुमतसहितको सत्ता साझेदार हुने भएकाले पनि सरकारमा सहभागि गराउन खोजिरहेका हुन् । तर अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...