अब काँग्रेस एकजुट भएर अघि बढ्छ : सिटौला

पाँचथर, २३ वैशाख / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेस एकजुट भएर अघि बढ्ने बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज पार्टीका नेता कार्यकर्तासँगको छलफल तथा अन्तक्र्रियामा नेता सिटौलाले पार्टीभित्र फरक मत हुन सक्ने तर फरक मतलाई नेतृत्वले स्वीकार्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकारले नागरिकको पक्षमा चित्त बुझ्दो काम गर्न नसकेको भन्दै उहाँले मुलुकमा अहिले कानून बन्न नसकिरहेको र लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले काम गर्न नसकेको आरोप लगाउनुभयो । (रासस)


Loading...
Loading...

धेरैले पढेको

Loading...