रात्रिभोजका लागि दुई घण्टादेखि पर्खिदै भिभिआइपिहरु

वैशाख २८, काठमाण्डौँ । नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिन लागिएको रात्रीभोज निर्धारित समयमा सुरु हुन नसक्दा नेपालका पूर्व प्रधानमन्त्रीहरु, पूर्व सभामुख, बहालवाखा सभामुख, मन्त्रीहरु लामो समयदेखि पर्खाइमा बसेका छन् ।

भारतीय समकक्षी मोदीको सम्मानमा नेपालका समकक्षी केपी ओलीले दिन लागेको रात्रीभोज समयमा सुरु हुन नसक्दा उनीहरु द्धारिकाज होटलमा दुई घण्टाअघिदेखि पर्खिरहेका छन् ।

होटल परिसरमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई दुई घण्टाअघिदेखि पर्खिरहेका छन् । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा द्धारिकाज होटलमा भर्खरै आइपुगेका छन् ।

त्यसैगरी पूर्व सभामुखहरु सुवास नेम्वाङ र ओनसरी घर्ती तथा प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महरा पनि रात्रीभोजको पर्खाइमा छन् ।

नेपाल सरकारमा मन्त्रीहरु पनि रात्री भोजको पर्खाइमा रहेका छन् । रात्री भोज करिब १० बजेतिर सुरु हुने अवस्था छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...