‘बग्ने खोला’कि गायिका आचार्य भन्छिन् ‘सेक्स गर्दा मात्रै भर्जिनिटि तोडिदैन’

काठमाडौं, १ जेठ । कर्णाली प्रदेशको दैलेख जिल्लामा जन्मिएकी पछिल्लो समयमा चर्चाको सिखर चुम्दै गरेकी गायिका हुन भावना आचार्य । दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर ३ मा बुबा अविलाल आचार्य र आमा सत्यदेवी आचार्यको कोखबाट २०५३ सालमा यस धरतीमा पाईला टेकेकि हुन ।

उनले स्वर दिएको बग्ने खोला बगिगो बोलको गीतले उनलाई कलाकारिताको क्षेत्रमा नयाँ उचाई दिएको छ । रामचन्द्र काफ्ले र भावनाको स्वरमा रहेको उक्त गीतले युटवमा राम्रो भ्युअर्स पाएको छ । मानवको जीवनमा केही कुराहरु छन् जुन कुराहरु आफुले चाहेको खण्डमा परिवर्तन गर्न सकिदैन । ती हुन जन्म, मृत्यु, विहे र चर्चा ।

पत्रकारको हैसियतमा कलकारहरुलाई सोधिने साझा प्रश्न हो, तपाई आजको दिनमा सफल गायक गायिका बन्नु भयो ? कत्तिको मेहनत गर्नु भयो ? यस प्रश्नको उत्तरमा कलाकारहरुले बताउछन् धेरै दुःख गरियो ।

तर भावना छोटो समयमा आफूलाई सफल र असल गायिकाको रुपमा चिनाउन उद्धत भईन भन्दा अन्यथा हुँदैन । उनै भावनासँग केही रमाईला, केही भावनात्मक र केही मनोविज्ञान बताउने तर्क सहितको कुराकानि

बग्ने खोला बगिगोले यति चर्चा पाउछ भन्ने लागेको थियो ?

थिएन । लगानी राम्रै गरेकीछु । चल्की भन्ने आशा त थियो ।

कति गर्नु भयो लगानी ?

४ लाख जति ।

अहिलेसम्म कतिवटा गीत गाउँनु भयो ?

ठ्याक्कै १२ वा एकदर्जन गीत गाए । बग्ने खोलाले निचायो ।

अबको तयारी के छ ?

अब त तीजको तयारी हो । कुनै एक चलचित्रको हिरोसँग काम गर्दैछु । तीजको गीतमा आफै गाउँने आफै अभिनय गर्ने सोचमा छु ।

तपाईका फेशबुक स्टाटसहरु कमेडी पाराका अनि रमाईला खाले र लभका बारेमा धेरै आउछन् नि ?

म मानिस नै विन्दास पारिकी छु । दुईदिनको जीवन मरि लानु के नै छ् र ? मेरो फेशबुक साथीहरु मेरो स्टाटस हेरेर अनेकन सोच्नु हुन्छ होला त्यो सोचाईमा भर पर्ने कुरा हो । यर्थातमा जीवन फरक छ ।

लभ परेको छ कि छैन् ?

पर्न पर्न थालेको थियो । केही समयसम्म कुराकानि हुन्छ । बानि व्यबहार चित्त बुुुझ्दैन । प्रेमको लाईन निभ्छ ।

भनेपछि स्वार्थपूरा भएपछि छोडि दिनुहुन्छ ?

होईन । कहाँ स्वार्थपूरा गर्न पाउनु । भेट नहुँदै फोनमा लभ पर्ने थाल्छ । फोनबाटै छुटिहाल्छ ।

शारिरिक सम्बन्धमा ‘भर्जिन’ भन्ने शब्द खुब प्रयोगमा आउछ तपाई के हो ?

हो हामीलाई अथवा नारीलाई पुरुषले हेर्ने दृष्टिकोण चेन्ज हुनुपर्छ भन्ने कारण यहि हो । कुनै पनि महिलाको भर्जिनिटि सेक्स गर्दा मात्रै तोडिन्छ भन्ने होईन । साईकल चलाउदा, महिनावरी हुँदा, रुख चढ्दा, बाईक चलाउदा उसको भर्जिनिटि तोडिन सक्छ । अबुज पुरुषहरुको भ्रम हो । म भर्जिनिटि वा के ? भन्ने प्रश्न छ जहाँसम्म म को हुँ त्यो थाह पाउनको लागि बिवाह गर्ने केटालाई मात्रै थाह हुनेछ ।

अर्को कुरा पुरुषहरुले वा केटाहरुले केटीहरु देख्दा वित्तिकै पट्याउन पाए, यसलाई उपभोग गर्नुपर्छ भन्ने सोच राख्ने अनि तीनै केटाहरुलाई आफ्नो हुनेवाला श्रीमति भर्जिनिटि हुनुपर्ने ? यो कस्तो सोचाईको पराकाष्टा हो ? अलिकति छोटो लगाउँदा वित्तिकै अनेक सोच्न भ्याउनेहरुले नै यस्तो पवित्रताको कुरा गर्दा कत्तिको सुहाउछ ?

तपाईको मागि विबाह हुन्छ या भागि ?

दुईटै मिश्रीत गर्ने सोचमा छु । २५ वर्षको उमेरमा विबाह गर्ने सोच बनाएकी छु । हेरौं के के हुन्छ ।

उसो भए लङ अफयरमा रहेर विहेमा बाँधिने ?

होईन नि लभ परेको एक महिना भित्र विहे गर्ने हो । लामो समय त ल्याङ भईहाल्छ नि । नानाथरी सुनिन्छ । फेरी डिभोर्स हुन्छ ।

तपाई शारिरीक सम्बन्धको बारेमा यसरी खुलेर बोल्न सक्नुहुन्छ खासमा अनुभव बिना बोल्न सकिने कुरा हो र ?

जीवनमा पढ्नु पनि पर्छ । परेर पनि जान्नु पर्छ । पढेर अनि परेर जिन्दगीको लामो यात्रा गर्नुछ ।

स्कुले जीवनमा तपाईलाई कसैले मन पराउँथे कि ?

मन पराउछु । माया गर्छु भन्दा रुन्थे । के को माया के को मन पाराउँछु । प्रेम के हो थाह थिएन ।


Loading...
Loading...

धेरैले पढेको

Loading...