अर्जेन्टिनाद्वारा मेस्सीसहित ३५ खेलाडीको नाम सार्वजनिक

काठमाडौं, २ जेठ । सन् २०१४ विश्वकप फुटबलको उप–विजेता अर्जेन्टिनाले रुस विश्वकपका लागि ३५ प्रारम्भिक खेलाडीको नाम सार्वजनिक गरेको छ ।

आगामी जुन महिनाको १४ तारिखदेखि जुलाइ १५ सम्म आयोजना हुने रुस विश्वकपका लागि अर्जेन्टिनाले सुपरस्टार लियोनल मेस्सी सहित ३५ जना प्रारम्भिक खेलाडीको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको खेलाडीको तालिकामा स्टार सर्जियो अग्वेरोपनि अटाएका छन् । प्रिमियर लिगमा घाइते भएका अग्वेरो विश्वकप सम्म ठिक हुने बताइएको छ ।

को–को छनौट भए ?

गोल रक्षक–सर्जियो रोमेरो, नाह्यूल ग्युजम्यान, विली काबल्लेरो, फ्रान्को अर्मेनी ।

डिफेन्डर–ग्याब्रियल मर्काडो, निकोलास आटेमेन्डि, फेड्रिको फाजियो, निकोलास टाजलियाफिको, मार्कोस रोजो, मार्कोस आकुना, रामिरो फुन्स मोरी, क्रिस्टियन अन्साल्डि, इडुआर्डो साल्भियो, जर्मन पेजेल्ला ।

मिडफिल्डर–जेभियर माश्चेरानो, एन्जेल डिमारिया, एभर बिनेजा, लुकास बिगलिया, म्यानुअल लान्जिनी, जियो लो सेल्सो, रिकार्डो सेन्टुरियोन, गुइडो पिजारो, लिन्ड्रो परेडास, म्याक्सि मिलाइनो मेजा, इन्जो पेरेज, पाब्लो पेरेज, रोड्रिगो बाटागलिया ।

फरवार्ड–लियोनल मेस्सी, सर्जियो अग्वेरो, गोन्जालो हिग्वेन, पाब्लो ड्याबाला, माउरो इकार्डी क्रिष्टियन पाभोन, लाउटारो मार्टिनिज वाइ डिएगो पेरोटी । एजेन्सी

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...