एमाले-माओवादीले बालुवाटारमा मिडिया बोलाए, एकता मिति घोषणा हुँदै

काठमाडौं, २ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता मिति घोषणा आजै हुने सम्भावना बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यसबारेमा अहिले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सबै मिडियालाई अहिले बोलाईएको छ । हिजो एमालेको भातृ संगठन युवा संघको २८ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एकताको मिति घोषणा गर्ने आज बालुवाटारमा आउनको लागि मिडियालाई आग्रह गरेका थिए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...