सलमानको बहुप्रतिक्षित चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २ जेठ । सलमान खान अभिनित हाइअक्टेन एक्सन फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा भरपुर एक्सन र स्टाइललाई महत्व दिइएको छ।

३ मिनेट र केहि सेकेण्ड लामो ट्रेलरमा सलमानलाई सिकन्दरको भूमिकामा प्रस्तुत गरिएको छ। मसलाप्रधान फिल्मको बाचा ट्रेलरले देखाएको छ।

फिल्ममा हलिउड शैलीका एक्सनको भरपुर प्रयोग गरिएको छ। फिल्ममा सलमानका अलावा अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नानडिज, डेजी शाह आदिको मुख्य भूमिका रहेको छ।

फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन्। फिल्म करिब १२० करोड भारूको लागतमा निर्माण भएको हो। एजेन्सी


Loading...
Loading...

धेरैले पढेको

Loading...