गीत-संगीतलाई व्यबस्थित बनाउन सेन्सर बोर्ड आवश्यक : आस्था राउत (भिडियोसहित)

काठमाडौं, २ जेठ । लोकप्रिय गायिका आस्था राउतले नेपाली गीत-संगीतलाई व्यबस्थित बनाउनको लागि सेन्सर बोर्डको आवश्यकता रहेको बताएकी छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलामा गायिका राउतले नेपाली गीत संगीतलाई व्यबस्थित बनाउनको लागि सेन्सर बोर्डको आवश्यकता रहेको बताएकी हुन् । “नेपाली गीत संगीतको विकाश तथा विस्तारको लागि सरकारी निकायबाट सेन्सर बोर्डको व्यवस्था गर्नुपर्छ ।” –गायिका भन्छिन् ।

आफु सानैदेखि गितसंगितमा लागेको, गीत संगीतको क्षेत्रमा अगाडि बड्नको लागि परिवारको साथ रहेको र आफू आधुनिक पप गितको क्षेत्रमा अगाडि बढेको बताईन ।

लोकगितको बारेमा बोल्दै गायिका राउतले आधुनिक समयमा लोकगितमा छाडा र अश्लिलता बढेको भन्दै मौलिक संस्कृति भित्र्याउनको लागि यस्ता छाडापन हटाउनुपर्ने कुरामा जोड दिएकी छिन् । यसको लागि गीत संगीतमा कलाकारको ‘ग्रेड्रिङ प्रणाली’ हुनुपर्ने तथा ‘सेन्सरसिप’ लाग्नुपर्ने बताएकी छिन् ।

लोकगायिका ज्योति मगरको छाडापनको सम्बन्धमा उनले त्यस्तो विषय प्रस्तुत गर्दा दर्शकपनि त्यसै किसिमको छनोट गर्नुपर्ने बताउँदै भाषामा लगाम लगाउनुपर्ने कुरामा जोड दिईन् ।

समाजमा पच्ने र देशपरिवेश अनुसारको गित गाउनुपर्छ तर समयको माग अनुशार गाउनुप¥यो भन्ने प्रश्नमा उनले आ–आफ्नो रुचिको विषय भएको र आफूले त्यस्तो गीत नगाउने स्पष्ट पारिन् ।

व्यक्तिगत कुराकानीमा विवाहको विषयमा संगितलाई माया गर्ने, छोरीचेलीलाई माया गर्ने, सज्जन केटा, आफूलाई जोडी मिल्ने र अहिलेसम्म आफूले मनले रोजेको मान्छे नभेटेको र भेटेपछि विवाह गर्ने गायिका राउतले बताईन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...