एमाले र माओवादी नेताहरु आन्तरिक बैठकमा व्यस्त

काठमाडौं, २ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु पार्टी एकतालाई लिएर आन्तरिक बैठकमा जुटेका छन् ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै पार्टीका अध्यक्षहरुको बैठकमा पार्टी एकताबारे मोटामोटी सहमति भएपछि एकता मिति घोषणा गर्नेबारे दुवै पार्टीहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् ।

केही बेरअघि एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । माओवादीसँगको पार्टी एकताका विषयमा निर्णयक छलफल बैठक बसेको बताइएको छ ।दुई अध्यक्षबीच भएको सहमतिलाई स्थायी कमिटिबाट अनुमोदन गराउन बैकठ बोलाइएको जनाइएको छ ।

प्रचण्ड र ओलीबीच झण्डै दुई घण्टा लामो वान टु वान वार्तापछि एमाले स्थायी कमिटीको बैठक डाकिएको हो। दुवै अध्यक्षबीच भएका सहमतिलाई भोलि (बिहीबार) बिहान बस्ने पार्टी संयोजन समितिको बैठकले अन्तिम रुप दिने तयारीमा नेताहरु रहेको बुझिएको छ ।

त्यसैगरी एमालेले लामो समयपछि बिहीबारका लागि पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक पनि बोलाएको छ । पछिल्लो पटक एमालेको केन्द्रीय समिति बैठक गएको असोजमा बसेको थियो।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...