एमाले–माओवादी एकता हुनु राम्रो, तर स्वघोषित वामपन्थी हुन् : मैनाली

जेठ ३, काठमाण्डौ । नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुन पक्का भएपछि विभिन्न टिप्पणी भइरहेको छ ।

नेपाल कम्युनिष्ट मालेका महासचिव सिपी मैनालीले दुई पार्टी एक हुनु राम्रो भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मैनालीले एकता हुने भने पनि लामो समयसम्म हुन नसकेको अवस्थामा आज एकता हुनु राम्रो भएको बताए ।

पार्टी एकता गरेर मात्रै नहुने भन्दै मैनालीले देश विकासका लागि पनि प्रतिवद्ध हुन सुझाब दिए ।

“पार्टी एकता हुनुपर्छ भन्ने मतदाताको चाहना हो । मेरो चाहना पनि त्यही हो ।” मैनालीले भने ।

धमलाले तपाई एकताको विरोधी हो भनेपछि आक्रोषित हुदै मैनालीले अनुचित आरोप नलगाउने चेतावनी दिए ।

“उनीहरुसँग अहिले हाम्रा कतिपय कुरा नमिलेका होलान् । भविष्यमा मिल्ला नमिल्ला भन्न सकिन्न । तर हामी चाहन्छाँै कि एकता होस्, देश विकास होस् ।” मैनालीले भने ।

एकता होस भन्दैमा आफू पनि मिसिन जानुपर्छ भन्ने मान्यता नराख्न मैनालीले आग्रह गरे ।

तर एमाले र माओवादी स्वघोषित वामपन्थी भएको मैनालीको टिप्पणी छ । गन्तव्य र दृष्टीकोणसँग आफू सहमत नभएकाले चुनावमा सहकार्य हुन नसकेको उनले बताए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...