नीति आयोगको उपाध्यक्षमा डा.देवकोटालाई नियुक्ति

हेटौँडा, ३० जेठ । प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटालाई नियुक्ति गरेको छ ।

यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रदास ढुंगेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठक ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो । रासस


Loading...
Loading...

धेरैले पढेको

Loading...