REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  J P Gupta

सरकारमा बस्नुको औचित्य सकियो जयप्रकाश प्रसाद गुप्ता, मन्त्री कृषि तथा सहकारी
Q.
सरकारको सय दिनलाई कसरी मूल्यांकन गर्नुभएको छ?
A.
सरकारको सय दिनको सबैभन्दा कमजोर पक्ष भनेको सरकार संचालनको आधारभूत विषयहरुमा सहमति बनाउननसक्नुनै हो। यो सरकार सहमतिको हो। तर विभिन्न दलहरुको सहमतिबाट बनेको सरकार संचालनको मूलभूत र आधारभूत विषयहरुमा सहमति हुनसकेको छैन। द्वन्द्व व्यवस्थापनका लागि सेना समायोजन प्रमुख विषय हो। यस विषयमा सरकारमा सहभागी दलहरुबीचनै वाञ्चित सहमति हुनसकेको छैन। यो सय दिन पूरै अलमलको अवस्था रह्यो।
Q.
सरकारले सय दिनमा काम गर्न नसकेको हो?
A.
सय दिन किकर्तव्यविमूढको अवस्था रह्यो। सरकारले द्वन्द्व व्यवस्थापनमा कुनै काम गर्न सकेन। संविधान निर्माणका दिशामा पनि ठोस उपलब्धि दिन सकेन।
Q.
केही गर्न नसक्ने सरकारमा किन बसिरहनुभएको?
A.
हामीले आफ्ना कुरा राखिरहेका छौं। माओवादी र एमालेको सहमतिबाट सबै काम भइरहेको छ।
Q.
अब सरकारमा बस्नुहुन्छ कि छाड्नुहुन्छ?
A.
अब सरकारमा बस्नुको औचित्य छैन। मधेशी जनअधिकार फोरमको दृष्टिकोणबाट हेर्ने हो भने हामीले उठाएका सवालहरुलाई माओवादी र एमालेले पूर्ण रुपमा उपेक्षा गरेका छन्। हामीले तत्काल सरकार छाड्ने निर्णय लिने बेला आइसकेको छ।
Q.
सरकारमा गएपछि फोरमको साख बिग्रिएको हो?
A.
हाम्रोबारेमा गम्भीर प्रश्न उठेको छ। हामीले सरकारमा गएर जुन भूमिका निभाउनुपर्ने हो त्यो निभाउन सकेनौं। त्यसैले हामीले निर्णय गर्नुपर्ने बेला आएको छ।
Q.
तपाईंहरुले निर्णय कहिले लिनुहुन्छ?
A.
हाम्रो केन्द्रीय समिति बैठकमा सरकार छाड्नुपर्ने विषय उठेको छ। चाडैनै सरकार छाड्ने नछाड्ने निर्णय लिनेछौं।
Q.
सरकारबाट हट्ने नै निर्णय लिनुहुन्छ?
A.
हामीले सरकारमा बसेरै उपलब्धि हासिल गर्ने सम्भावनाबारे पनि छलफल चलाउछौं। त्यो हुननसकेको अवस्थामा सरकारमा रहने नरहने निर्णय लिनुपर्ने हुन्छ।
Q.
वृहत प्रजातान्त्रिक मोर्चामा फोरम सहभागी हुन्छ?
A.
वामपन्थी र गैरवामपन्थीको सवाल मुख्य होइन। संविधानसभामा वामपन्थी पार्टी मुख्य रुपमा आएको छ। यसअर्थमा वामपन्थी वर्चश्व रहनेनै भयो। यस्तो अवस्थामा संविधान बनाउन वामपन्थीको भूमिका महत्वपूर्ण छ। तर वामपन्थीले आफ्नै ढंगबाट मुलुकलाई अगाडि बढाउन भएन भन्ने हाम्रो भनाई हो।
Q.
अब कस्तो ध्रवीकरण होला?
A.
ध्रुवीकरणका सवालमा सरकारमा सहभागी दलहरुबीच हुनुपर्छ। पहिला सरकारलाई सही ठाउामा ल्याउन सबै प्रमुख दलहरु ध्रुवीकृत हुनुपर्छ। सरकार त्यतिबेला पनि सही ठाउंमा नआए अन्य विकल्प खोजिनुपर्छ।
Q.
प्रचण्ड असफल भएका हुन्?
A.
प्रचण्ड जनयुद्धका बेलामा चमत्कारिक व्यक्ति हुनुहुन्छ। त्यही चमत्कारले माओवादी मुख्य दल पनि बन्यो। शान्तिकालमा विद्यमान रहेका समस्याको सफल अवतरण गर्ने सवालमा प्रचण्डले आफ्नो पुराना शैलीलाई बदल्नु आश्यक छ।
Q.
प्रचण्डको कस्तो रुप चाहनुहुन्छ?
A.
उहांको कस्तो रुप देख्न चाहने भन्दा पनि द्वन्द्व व्यवस्थापनमा सबैलाई लिएर हिड्नुपर्‍यो। उहांले संविधान लेखनमा सबैलाई सहमति बनाएर अगाडि बढ्नुपर्‍यो।
Q.
सेना समायोजनका सवालमा माओवादी छापामारलाई के गर्ने?
A.
विभिन्न दलको भिन्न मत छ। माओवादी र एमालेको एउटै प्रकारको दृष्टिकोण छ। अरु दलहरुको पनि भिन्न भिन्न दृष्टिकोण छ। यसमा राष्ट्रिय सहमति बनाउनुपर्ने देखिन्छ। तर ठोस काम हुनसकेको छैन।
Q.
फोरमको दृष्टिकोण के हो?
A.
माओवादी लडाकुको व्यवस्थापन गर्दा समय सुहाउादो र सबैलाई मान्य हुने गरेर सेना समायोजन हुनुपर्छ।
Q.
नेपाली सेनामै माओवादी छापामारलाई समायोजन गर्ने हो?
A.
सेना समायोजनको विशेष समितिमा छापामार समायोजन मात्र होइन अन्य विषयलाई पनि समावेश गरी ठोस विषय पहिल्याउनुपर्छ। त्यसबाट नेपाली सेनालाई राष्ट्रिय स्वरुप दिने निष्कर्ष निकालिनुपर्छ।
Q.
मधेशी मोर्चा र सरकारबीच विगतमा भएको सम्झौता त कार्यान्वय भएन नि?
A.
यो सरकार बन्दा न्यूनतम साझा समझदारी बनेको छ। त्यही अनुरुप बाटो लिनुपर्छ। होइन भने ठोस निर्णय लिनेबेला आइसकेको छ।
Q.
तराईका सशस्त्र समूहसंगको वार्तालाई कसरी हेर्नुभएको छ?
A.
वार्ता स्पष्ट गृहकार्यबाट भइरहेको छैन। वार्ता गर्नु त गलत होइन। तर कमजोर गृहकार्यबाट वार्ता गर्नु भने गलत हो।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.