REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Mahanta Thakur

सरकारको विकल्प खोज्नुपर्छ -महन्थ ठाकुर, अध्यक्ष, तमलोपा
Q.
संयुक्त मधेशी मोर्चा र सरकारबीच भएको सहमति
A.
सयुक्त मधेशी मोर्चासंग भएको सहमति कार्यान्वयन भएको छैन। मधेश आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा भएको छैन, सरकारी निकाय, सुरक्षा निकायमा समानुपातिक र समूहगत ढंगको प्रवेशमा कुनै कारबाही भएको छैन।
Q.
सहमति कार्यान्वयन नभएको भन्नुहुन्छ, अब के गर्नुहुन्छ?
A.
हामीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र दिएका छौं। पौष १६ गते सम्ममा कार्यान्वयन गर्न भनेका छौं। त्यस अवधिमा पनि कार्यान्वयन नभए सशक्त रुपमा प्रस्तुत हुन्छौं।
Q.
तपाईंहरुको अबको रणनीति के हुन्छ?
A.
हामी सरकारले गरेको सहमति कार्यान्वयनमा शान्तिपूर्ण माध्यम अपनाउछौं। हामी आन्दोलनसम्म गर्न पनि पछि पर्दैनौं।
Q.
तपाईंहको आन्दोलन कहां हुन्छ?
A.
हाम्रो आन्दोलन सदन र सडक सबै ठाउंमा हुन्छ।
Q.
तपाईंहरु संविधानसभा सदस्यबाटै राजीनामा दिने हदमा पुग्नुहुन्छ?
A.
हामी शान्तिपूर्ण आन्दोलनको सबै हदसम्म जानसक्छौं। संविधानसभामा मधेशको हकहित स्थापना गर्न हामी संविधानसभामा आएका हौं। अहिले संविधान बनाउन छलफल भइरहेको छ। ८ बुंदे सम्झौतामा संविधानसंग सम्बन्धित विषय छ। त्यसको सम्बोधनका लागि हामी लाग्नेछौं। विगत सम्झौतालाई बेवास्ता गरेर अगाडि बढ्न खोजेमा हामी राजीनामा दिएर जनतामा जान सक्छौं।
Q.
सेना समायोजनबारे तपाईंहरुको दृष्टिकोण के हो?
A.
सरकारले गरेका सम्झौताहरु कार्यान्वयन हुनुपर्छ।
Q.
नेपाली सेनामा माओवादी छापामारलाई मिसाउनुहुन्छ?
A.
शान्ति सम्झौतामा सेना समायोजनको विषय उल्लेख छ। सम्झौतामा जे लेखिएको छ त्यही हुनुपर्छ।
Q.
माओवादीले त छापामार र नेपाली सेना समायोजन गर्नुपर्छ भनेको छ नि?
A.
सम्झौतामा सेना समायोजन र व्यवस्थापन दुवै लेखेको छ। तद्अनुरुप हुनुपर्छ। राज्यले गरेका सम्झौता पालना हुनुपर्छ। त्यसो भएन भने विद्रोह हुन्छ र द्वन्द्व निम्तिन्छ।
Q.
तपाईंहरुको एक मधेश एक प्रदेशको माग हो?
A.
हाम्रो माग भनेको एक मधेश एक प्रदेशनै हो।
Q.
एक मधेश एक प्रदेशको माग पूरा भएन भने के गर्नुहुन्छ?
A.
माग पूरा भएन भने संघर्षको विकल्प छैन। हामी संघर्ष गरेरै अधिकार प्राप्त गर्छौं।
Q.
एक मधेश एक प्रदेशको मागले मुलुक बिखण्डन हुन्छ भनिदैछ नि?
A.
जनतालाई अधिकार दिदा बिघटन हुदैन। नेपालका शासकहरु आलोचना सहने शक्ति राख्न सक्दैनन्। दुनियांका क्रुरतम शासकहरुमा नेपालका शासकहरु पनि पर्दछन्। उनीहरु अधिकार प्राप्तिका वाधक बन्न सक्छन्। तर जनतालाई अधिकारसम्पन्न हुनबाट कसैले रोक्न सक्दैन।
Q.
एक मधेश एक प्रदेश भएन भने के हुन्छ?
A.
दुनियांको इतिहास साक्षी छ कि जुन राज्य जनताको विपक्षमा खडा हुन्छ त्यो पतन हुन्छ। राजा जनताको विपक्षमा हुदा परिणाम के भयो? जनता नै राज्य हो। जनताको भावनाविरुद्ध राज्य खडा हुनसक्दैन।
Q.
नेपाली कांग्रेसले वृहत प्रजातान्त्रिक मोर्चा बनाउन लागेकोमा के भन्नुहुन्छ?
A.
वृहत प्रजातान्त्रिक एकताको परिभाषा प्रष्ट हुनुपर्‍यो। संविधान निर्माणमा त्यसको भूमिका के हुने, अब कस्तो राज्य संरचना हुनेभन्ने स्पष्ट व्याख्या हुनुपर्छ।
Q.
सरकारको आयु कति हो?
A.
सरकारको आयु सरकारमा बस्ने दलहरुमा निर्भर हुन्छ। संख्यात्मक अवस्थामा कुनै परिवर्तन भएको छैन। सहयोगी दलहरु सरकारमा यथावत् छन्। सरकार छाड्ने राजीनामा गर्ने कुराहरु आइरहेका छन्। प्रचण्ड देखि अन्य दलका नेताले समेत राजीनामा दिने भनिरहेका छन्। किन प्रचण्डजी हरेश खानुभएको छ। त्यसले सरकार कमजोर हुदै गएको देखिन्छ।
Q.
तपाईंहरु सरकारलाई समर्थन या विरोध के गर्नुहुन्छ?
A.
हामी विपक्षीको भूमिका निभाइरहेका छौं। राम्रो कामको समर्थन र नराम्रोको विरोध गरिरहेका छौं। मधेशसंगको सम्झौतामा के गर्ने हो त्यो हेरिरहेका छौं। त्यसपछि हामी स्पष्ट धारणा अगाडि सार्नेछौं।
Q.
तपाईंहरु समर्थन फिर्ता लिनुहुन्छ?
A.
समर्थन फिर्ता त स्वाभाविक छ। हामी संघर्षमा जानुपर्ने अवस्था आइसकेको छ। सरकारले जनतालाई राहत पनि दिन सकिरहेको छैन। सुरक्षा दिन सकेको छैन र विगतको सम्झौता पनि पालना गर्न सकिरहेको छैन। लोकतन्त्रको मुखका रुपमा रहने प्रेसमाथिनै आक्रमण भइरहेको छ। यो सरकारलाई के भन्ने? यहां शासकहरु आलोचना सामना गर्ने साम्र्थ्य पनि राखिरहेका छैनन्। कहींपनि सुरक्षाको अनुभूती भइरहेको छैन।
Q.
सुरक्षा कहींपनि नभएको हो?
A.
सरकार आफै सुरक्षा दिन नसकिरहेको भन्दै आएको छ। ऊ अरुलाई दोष दिन सक्रिय छ।
Q.
यो सरकारलाई के गर्ने?
A.
सरकारले शान्तिसुरक्षा दिन सकेको छैन, राहत दिन सकेको छैन भने जनताले विकल्प खोज्नेछन्। सरकारको नेतृत्व गर्नेलेनै हरेश खाइसकेपछि विकल्प खोज्नुबाहेक के रहन्छ?
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.