REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  D P Tripathi

भारतको सहयोग र शुभेच्छा प्रचण्डजीलाई छ-डीपी त्रिपाठी, महामन्त्री, भारतीय राष्ट्रवादी काङ्ग्रेस भारतीय राष्ट्रवादी काङ्ग्रेसका महामन्त्री डीपी त्रिपाठी अहिले काठमाडौंमा हुनुहुन्छ। गत शनिबार काठमाडौं आउनुभएका त्रिपाठी होटल सोल्टीमा बसेर राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ। राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री प्रचण्ड, काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव झलनाथ खनाल, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूलाई उहाँले भेटिसक्नुभएको छ। नेपाल आउनुभएको कारण के? माओवादी नेतृत्वको सरकारलाई भारतले कसरी हेरेको छ? तपाईं सरकार बचाउने या ढाल्ने कस्तो भूमिकामा हुनुहुन्छ भन्नेजस्ता प्रश्नहरू गर्नुभएको थियो। कुराकानीको प्रमुख अंशहरूः
Q.
तपाईं अचानक नेपाल किन आउनुभयो?
A.
म धेरै पछि नेपाल आएको छु। लोकतन्त्र पुनर्वहाली, संविधानसभा निर्वाचनपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आउन पाउँदा असाध्यै खुसी छु। माओवादी नेतृत्वमा सरकार बनेको पनि पाँच महिना पुग्न लागिसकेको छ। अहिले नेपालको शान्ति प्रक्रियाको अवस्था के छ? संविधान निर्माणमा के–कस्ता गृहकार्य भइरहेका छन् भन्नेबारे जानकारी लिन नेपाल आएको हुँ।
Q.
नेताहरूसँग कुरा गर्दा के पाउनुभयो?
A.
नेताहरू चिन्तित हुनुहुँदोरहेछ। उहाँहरू राजनीतिक सहमतिको विकल्प छैन भन्नेमा एकमत हुनुहुन्छ। संविधान निर्माण र शान्ति प्रक्रिया सफल बनाउन राष्ट्रिय सहमति बनाउनुपर्छ भन्नेमा लाग्नुभएको छ। नेताहरूको कुरा सुन्दा लाग्छ कि नेपालमा केही हुन्छ।
Q.
प्रधानमन्त्री प्रचण्डसँग के कुरा भयो?
A.
प्रचण्डजीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे महत््वपूर्ण कुराकानी भयो। उहाँले नयाँ योजना र कार्यक्रमहरू तयार गर्नुभएको बताउनुभयो। उहाँले सहमतिका साथ अगाडि बढ्ने दृढता व्यक्त गर्दै नेपाली जनताको चाहनाअनुसारको संविधान निर्माण गरिछाड्ने बताउनुभएको छ।
Q.
तपाईं प्रचण्ड सरकार बचाउन आउनुभएको भनिन्छ नि?
A.
भारतको प्रचण्डजीलाई पूर्ण सहयोग र शुभेच्छा छ। उहाँको नेतृत्वमा समृद्ध र शान्त नेपाल निर्माणको अभियान सफल होस्। भारतले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्दै आएको छ र भविष्यमा पनि सहयोग गरिरहन्छ।
Q.
प्रचण्ड सरकारको आयु छोटिएको चर्चा पनि चलिरहेको छ नि?
A.
प्रचण्डकै नेतृत्वमा नेपाल शान्ति प्रक्रियाको निष्कर्षमा पुग्नुपर्छ। नेपाली जनताले प्रचण्डजी अध्यक्ष हुनुभएको दललाई भारी मत दिएका छन्। उहाँकै नेतृत्वमा नेपालमा संविधान निर्माण होस्। प्रचण्डजीले राष्ट्रिय सहमति बनाएर नेपाली काङ्ग्रेसलाई पनि सहमतिमा ल्याएर अगाडि बढ्न सक्नुभयो भने सफल हुनुहुनेछ।
Q.
त्यसो भए प्रचण्ड सरकार नढल्ने भो?
A.
यो सरकार ढल्दैन र ढल्नु पनि हुँदैन। सरकार ढलेमा नेपाललाई फाइदा हुँदैन। भारत यही सरकार अगाडि बढोस् र नेपाली जनताको भावनाअनुरूपको संविधान निर्माण होस् भन्ने शुभेच्छा राख्दछ।
Q.
तपाईं सरकार बचाउन आउनुभएको हो भन्ने बुझ्नुपर्ने भयो हामीले?
A.
त्यो नभन्नुहोस्। मेरो नेपाल र नेपाली जनतासँग घनिष्ठ सम्बन्ध छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा मैले नेपाली जनतासँग नजिकमा बसेर काम गर्ने मौका पाएँ। नेपालीजस्तो मिलनसार र मिहेनती मैले अरू देशमा पाएको छैन। म नेपाल र नेपालीको हित चाहन्छु। त्यसका लागि यहाँ नेतृत्वकर्ताहरूबीच सहमति होस् भन्ने शुभेच्छा राख्दछु। मैले नेताहरूलाई भेट्दा कोही पनि सरकार ढाल्ने पक्षमा देखिएका छैनन्।
Q.
भारत माओवादीसँग असन्तुष्ट छ भनिँदैछ नि?
A.
भारत माओवादीसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन। हामी नेपालमा विधिको शासन हुनुपर्छ, कानुनी राज्य हुनुपर्छ, प्रेस स्वतन्त्रता हुनुपर्छ र लोकतन्त्र बलियो हुनुपर्छ भन्ने पक्षमा छौँ।
Q.
माओवादीले लोकतन्त्रमाथि नै प्रहार गर्न थालेको ठानिँदैछ नि त?
A.
मलाई त्यस्तो लाग्दैन। माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रमाथि हुनसक्ने प्रहारविरुद्ध लड्छु भन्नुभएको छ। उहाँले विधिको शासन, प्रेस स्वतन्त्रताको पक्षमा दृढता व्यक्त गनुभएको छ।
Q.
चिनियाँ विदेशमन्त्रीले नेपालको सार्वभौमसत्तामाथि चुनौती आए सहयोग गर्छु भन्नुभएको छ नि, भारत यसमा के भन्छ?
A.
नेपाल स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न मुलुक हो। यो मुलुकको आन्तरिक मामलामा भारतको कुनै पनि हस्तक्षेप हुँदैन। नेपालमा आएर चिनियाँ विदेशमन्त्रीले के भन्नुभयो थाहा छैन। म यसमा कुनै टिप्पणी गर्न चाहन्न। नेपालले कोसँग कस्तो सम्बन्ध राख्ने भन्ने उसकै कुरा हो।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.