REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Mulayam Singh Yadav

प्रचण्डले भारतको सहयोग मागेका छन् - मुलायमसिंह यादव मुलायमसिंह यादव भारतीय समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ। भारतीय राजनीतिका एक महत्वपूर्ण पाटोका रूपमा परिचित यादव दुईदिने भ्रमणका लागि आइतबार नेपाल आएर सोमबार भारत फर्कनुभएको छ। भारतीय सत्तारुढ गठबन्धनको प्रमुख घटकका वरिष्ठ नेता यादव उत्तर प्रदेशको मुख्यमन्त्री र केन्द्रीय मन्त्रीसमेत रहिसक्नुभएको छ। मनमोहन सिंहको सरकार बचाउन उहाँको नेतृत्वको पार्टीको विशेष भूमिका थियो। नेपालमा रहँदा ऋषि धमलाले यादवसित विशेष कुराकानी गर्नुभयो।
Q.
तपाईं नेपाल किन आउनुभयो?
A.
राष्ट्रपति महामहिम डा. रामवरण यादवको निमन्त्रणामा हामी नेपाल आएका हौँ। नेपालको दुईदिने सद्भाव भ्रमणका बेला हामीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत विपक्षी दलका नेताहरूसँग हामीले व्यापक विचार–विमर्श गरेका छौं।
Q.
राष्ट्रपतिसित के कुराकानी भयो?
A.
राष्ट्रपति पनि नेपालको पछिल्लो घटनाक्रमबाट निकै चिन्तित भएको पाएका छौँ। उहाँ संविधान संरक्षक र पालनकर्ता पनि हो। दलहरूबीच बढेको द्वन्द्वको छिटो अन्त्य होस् र राष्ट्रिय सहमतिका साथ देश अघि बढोस् भन्ने चाहना राष्ट्रपतिको छ। नेपाल–भारत सम्बन्ध, निकट भविष्यमा उहाँले गर्न लागेको भारत भ्रमण, शान्ति–प्रक्रिया, संविधान निर्माणलगायत सबै विषयमा कुराकानी भयो।
Q.
प्रधानमन्त्री प्रचण्डसँग चाहिँ के–के कुरा भयो?
A.
प्रधानमन्त्रीसँग हामीले आराध्यदेव पशुपतिनाथको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छौँ। यो समस्या समाधान भएन भने नेपाल–भारत सम्बन्धमा दरार आउन सक्ने कुरा नम्र भाषामा निवेदन गरेका छौँ। हामी नेपाल–भारत सम्बन्ध नखल्बलियोस् र अझ सुमधुर भएर जाओस् भन्ने चाहन्छौँ। पशुपतिको मुद्दा नेपालको मात्र नभएर संसारभरिका हिन्दूहरूको साझा हो। यो समस्यालाई गम्भीर र जिम्मेवारीपूर्ण रूपले सोचेर विधिसम्मत समाधान गर्नु राम्रो हुन्छ।
Q.
प्रधानमन्त्रीले चाहिँ तपाईंहरूलाई के भन्नुभयो?
A.
प्रधानमन्त्रीले सर्वोच्च अदालतको अन्तरिम आदेश कार्यान्वयन हुने आश्वासन दिनुभएको छ। यो समस्या दुई–तीन दिनभित्र समाधान हुने प्रधानमन्त्रीको भनाइ पाएका छौँ।
Q.
त गिरिजाप्रसाद कोइरालासितचाहिँ के कुरा भएको छ?
A.
गिरिजाबाबुसित सबै विषयमा खुलेर कुराकानी भएको छ। पशुपतिनाथको मुद्दा, सेना समायोजन विवाद, पछिल्ल्ाो राजनीतिक घटनाक्रमले उहाँ चिन्तित हुनुहुन्छ। राष्ट्रिय सहमति र सहकार्य नै नेपालको उत्तम विकल्प हो। यसमा उहाँको विमति छैन।
Q.
पशुपति मुद्दा कसरी सुल्भि्कयोस् भन्ने चाहनुहुन्छ?
A.
पशुपतिको घटनाले भारतमा पनि प्राथमिकता पाएको छ। यहाँको दुःखद घटनापछि सुप्रसिद्ध उद्योगपति अनील अम्बानी र महानायक अभिताभ बच्चनले समेत भ्रमण रद्द गर्नुभयो। यो घटनाले भारतीयहरू निकै दुःखी छन्। हामी पनि पशुपति दर्शन गर्ने अभिलाषासहित आएका थियौँ। तर, दर्शन गर्न नसकेकोमा हामीलाई खेद छ। र, हामी पशुपतिको मुद्दामा सरकारले सर्वोच्च अदालतको निर्णय शिरोधार्य गरेर तत्काल सहज वातावरण बनाउनुपर्छ भन्ने चाहन्छौँ।
Q.
सहज वातावरण बनेन भने नि?
A.
पशुपतिनाथमा सहज वातावरण नहुनु शुभसङ्केत होइन। यसमा सबै सचेत नागरिक, दलहरू र धार्मिक आस्था राख्नेहरू एक भएर जानुको विकल्प छैन। अन्यथा दुर्भाग्य हुन सक्छ। हामी त्यस्तो नहोस् भन्ने चाहन्छौँ। हामी नेपालका हितैषी हौँ। नेपालको भलाइ चाहन्छौँ। नेपालमा दिगो शान्ति, विकास, स्थायित्व र नेपालीबीचको एकता चाहन्छौँ।
Q.
कस्तो दुर्भाग्य भन्न खोज्नुभएको?
A.
 धर्मको नाममा यहाँ जुनसुकै बेला पुरातनवादीले उद्दण्ड मच्चाउन सक्छन्। नेपाली जनताले २०६२–६३ को जनआन्दोलनमा जसरी विश्वलाई चकित पारेका छन् त्यसरी नै लोकतन्त्र अटल रहनुपर्छ।
Q.
नेपालमा दलहरू मिल्न सकिरहेका छैनन्। तपाईंहरू कस्तो सुझाव दिनुहुन्छ?
A.
नेपालमा अझै पनि राष्ट्रिय सहमतिको आवश्यकता छ। दिगो शान्ति कायम गर्ने हो, समयमै संविधान निर्माण गर्ने हो र सेना समायोजनको प्रक्रिया पूरा गर्ने हो भने राष्ट्रिय सहमति, सहकार्य र एकता आवश्यक छ।
Q.
माओवादी नेतृत्वका सरकारको कामबाट तपाईंहरू सन्तुष्ट हुनुहुन्न भनिन्छ नि?
A.
प्रधानमन्त्री प्रचण्डसित हामीले कुरा गरेका छौँ। उहाँले नेपालको विकासमा भारतको पूर्ण सहयोग चाहिन्छ भन्नुभएको छ। भारत पनि नेपालको आर्थिक विकास र सम्पन्नता चाहन्छौँ। यसबारेमा हामी प्रधानमन्त्री मनमोहन सिंह, काङ्ग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री प्रणव मुखर्जीसित पनि यसबारे कुराकानी गर्नेछौँ। माओवादीसित हाम्रो कुनै गुनासो छैन। तर, हाम्रो नेपालमा विधिको शासन हुनुपर्छ भन्ने दृढ मान्यता छ। लोकतन्त्रलाई मूल आधार बनाएर दलहरू चल्नुपर्छ। न्यायालय र धर्ममाथिको आक्रमणले हामीलाई चिन्तित तुल्याएको छ।
Q.
तपाईंहरू मनमोहनसिंह, सोनिया गान्धीसित के–के कुरा गर्नुहुन्छ?
A.
हामीले जे–जे कुरा पाएका छौँ, सबै कुरा जानेबित्तिकै अवगत गराउने छौँ। नेपाल स्वतन्त्र सार्वभौम राष्ट्र हो। जे गर्ने हो, यहाँका जनता र दलहरूले गर्ने हो। यसमा भारतको शुभेच्छा र सहयोग मात्र रहन्छ।
Q.
माओवादीको विकल्प खोज्नुपर्ने भएको हो?
A.
अहिले विकल्प खोज्नुपर्छ भनेका छैनौँ। तर, नेपालमा लोकतन्त्रमाथिको प्रहार भारतलाई सैह्य हुँदैन। माओवादी, एमाले, काङ्ग्रेस, फोरमलगायत दलहरूबीचको सहमतिले नै नेपालको हित हुन्छ।
Q.
काङ्ग्रेसलाई सरकारमा जान तपाईंहरूले आग्रह गर्नुभएको हो?
A.
 नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा काङ्ग्रेसको महत्वपूर्ण भूमिका छ। अझै पनि नेपालमा धेरै चुनौती छन्। त्यसकारण माओवादी र काङ्ग्रेस मिलेर जाँदा नै राम्रो हुन्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.