Rishi Dhamala with Mohan Baidhya
एमालेले आफ्नो हैसियत बुझ्नुपर्छ -मोहन वैद्य किरण
Q.
माओवादी र एमालेबीचको सम्बन्ध चिसिएको हो?
A.
हामी सम्बन्ध बिगार्न चाहदैनौं। तर एमाले आफै सम्बन्ध बिगार्न खोजिरहेको छ। एमालेले आफ्नो हैसियत बुझ्नुपर्छ। संविधानसभामा जुन हैसियत प्रदान गरेको छ त्यही हाँकेर जानुपर्छ। एमाले आफै सम्बन्ध चिस्याउन चाहिरहेको छ, हामीले होइन।
Q.
एमाले महासचिव झलनाथ खनालले सत्ताको साँचो घुमाइदिने चेतावनी दिनुभएको छ नि?
A.
झलनाथजीलाई त्यसका लागि धन्यवाद। उहां आफ्नै हिसाबले जानुहुन्छ भने हामी पनि हाम्रै हिसाबले जान्छौं। हामीलाई पनि कसैको वैशाखी टेकेर सरकारमा बस्नुछैन।
Q.
माओवादी सरकारलाई एमालेले बचाएमात्र बच्छ हो?
A.
सरकारलाई बचाउने काम जनताले गर्छन्। जनताको म्याण्डेटअनुसार सरकार बज्छ र चल्छ। हामीले समझदारी बनाएर जाऊ भन्ने आधारमा न्यूनतम साझा नीति तथा कार्यक्रम बनायौं। एमालेले आफ्नो हैसियतभन्दा बढी सहभागिता खोज्ने काम गरिरहेको छ। विभिन्न आयोगहरु गठनमा ढिलासुस्ती गरिरहेको छ। खासगरी स्थानीय निकायमा पुरानै ढंगले जान खोजिरहेको छ। नयाँ म्याण्डेटअनुसार स्थानीय निकाय गठन गरेर जानुपर्नेमा एमाले आफ्नै ढंगले जान चाहन्छ। ऊ आफ्नो ढंगले जान चाहन्छ भने हामी पनि हाम्रै ढंगले जान्छौं।
Q.
सरकारमा बस्नका लागि माओवादीले एमालेसंग सम्झौता गर्दैन?
A.
हामी एमाले त के दुनियांका कुनै शक्तिसंग पनि सम्झौता गर्दैनौं। सहमतिको आधारबाट हामी जे पनि गर्न तयार छौं। जनताले दिएको म्याण्डेट अनुसार सहमतिबाट सरकार संचालन गर्छौं। त्यसका लागि पारस्परिक सम्मान र सहयोग अनिवार्य छ। विना हैसियतको हैसियत खोज्छ भने एमालेसंग झुक्नेवाला छैनौं।
Q.
एमालेको भूमिका कस्तो छ?
A.
एमालेले सत्तापक्ष र प्रतिपक्षीको दोहोरो भूमिका खेलिरहेको छ। को्ही नेता सरकरमा रहने र कोहीचाहिं सरकारको सत्तोसराप गर्ने गरिरहेका छन्।
Q.
एमालेसंग माओवादीको सत्तासाझेदारी कति रहन्छ?
A.
सत्तासाझेदारीको समय एमालेमै निर्भर रहन्छ एमालेले सरकारबाट हट्ने कुरा गरिरहेको छ नि? त्यो उहांहरुको कुरा हो।
Q.
एमालेले वाइसिएल बिघटनको माग उठाउनेगरेको छ नि?
A.
हामी जनयुद्धबाट आएको र विशिष्ठ परिस्थितिका कारण वाइसिएल गठन गर्न पुग्यौं। एमालेले चाहिं किन युथफोर्स गठन गर्नुपर्यो। वाइसिएलसंग लड्ने? लडाउनका लागि युथफोर्स गठन गरिएको हो। हामीले कमीकमजोरी हटाउने प्रतिवद्धता व्यक्त गर्दैआएका छौं। त्यति हुदाहुदैपनि युथफोर्स गठन गरी द्वन्द्व बढाउने काम भएको छ।
Q.
प्रधानमन्त्रीले केही गर्न नसकेको भनिदैछ नि?
A.
प्रधानमन्त्रीले केही गर्न नसकेको भन्न मिल्दैन। अपेक्षाकृत काम नभएको हो। जुन रुपमा जान खोजेको जान नसकिएको भन्दैमा केही नभएको भन्न सकिदैन।
Q.
एमालेले सरकारलाई सफल बनाउन कत्तिको सहयोग गरिरहेको छ?
A.
एमाले सरकारलाई असफल बनाउन लागिपरेको छ। सबै मिलेर जानुपर्छ भनेको अवस्थामा असहयोग गरिरहेको छ। एमालेका साथीहरुले नकारात्मक भूमिका निभाइरहनुभएको छ। हामीले धेरै सह्यौं अब सहन्नौं।
Q.
माओवादीले सरकार छाड्छ?
A.
हामीले सरकार छाड्ने कुनै कुरा छैन। कसैले सरकार छाड्यो भने प्रक्रियागत ढंगबाट जान्छौं। हामी सरकारमा टासिरहनुपर्छ पनि भन्दैनौं।
Q.
स्थानीय निकायमा कसरी नियुक्ति हुनुपर्छ?
A.
स्थानीय निकाय गठन गर्दा मिश्रित प्रणाली हुनुपर्छ।
Q.
संवैधानिक समितिको अध्यक्ष माधवकुमार नेपाललाई बनाउन खोजिएको हो?
A.
हो। हामी माधवजीलाई संवैधानिक समितिमा नेतृत्वका लागि आग्रह गरिरहेका छौं। उहां नेतृत्वमा आउनेमा विश्वस्त छौं।
Q.
नेपालको राजनीतिमा अमेरिका र भारतले चलखेल गरेको हो?
A.
नेपालमा अमेरिका हुन् या भारत ठूला शक्तिकेन्द्रले चलखेल गरिरहेका छन्। संक्रमणकालको फाइदा उठाएर सीमा क्षेत्रमा समस्या पारिदैछ। सुस्तामा कैयौं समस्या देखापरेका छन्। पशुपतिनगरमा ११ रोपनी जग्गा हडप्ने काम भएको छ। भारतले बारम्बार सीमा मिच्ने काम गर्दैआएको छ।
Q.
सीमा समस्याबारे के गर्नुहुन्छ?
A.
हामी त्यसबारे बुझ्दैछौं। प्रधानमन्त्रीसंग पनि यसबारे कुरा गरिरहेका छौं।
Q.
पशुपतिको पूजारी नियुक्तिलाई पनि तत्काल बदर गर्न वाध्य हुनुभयो नि?
A.
पशुपतिको पूजारी नियुक्ति मामलामा विदेशी हस्तक्षेप भयो। प्रक्रियागत त्रुटी पनि भएको हो।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस