Rishi Dhamala with Pasupati Shamsher Rana
अब सरकारविरुद्ध आन्दोलन थाल्छौं
पशुपतिशमशेर जबरा, अध्यक्ष, राप्रपा
Q.
प्रधानमन्त्री प्रचण्डले सत्ता कब्जा गर्ने अभिव्यक्तिलाई कसरी लिनुभएको छ?
A.
प्रचण्डजीको अभिव्यक्ति अनौंठो लाग्यो। देशको प्रधानमन्त्री जसले चुनावी प्रक्रिया स्वीकार गरेर बहुदलीय प्रतिष्पर्धाबाट प्रधानमन्त्री बन्नुभयो, उहांनै सत्तामा बसेर सत्ता कब्जा गर्ने भन्नुहुन्छ। उहांको सत्ता जाने नजाने कसैलाई थाहाछैन अनि गयो भने सत्ता कब्जा गर्छु भन्नु बहुदलीय प्रतिष्पर्धा विरोधी धारणा हो।
Q.
अहिलेसम्म कुनै प्रधानमन्त्रीहरुबाट यस्तो अभिव्यक्ति सुन्नुभएको थियो?
A.
यस्तो अभिव्यक्ति दिने कोही प्रधानमन्त्री भेटिएको छैन। यो त बहुदलीय प्रणालीविपरितको अभिव्यक्ति हो।
Q.
प्रधानमन्त्रीले किन यस्तो बोल्नुभयो?
A.
प्रचण्डजीको मनमष्तिस्कमा बसेको मान्छे होइन। तर उहांलाई बहुदलीय प्रतिष्पर्धाबाट सरकार आए हुने तर गए चांिह नहुने? उहांले बहुदलीय प्रतिष्पर्धा स्वीकार गरेको देखिदैन। पाएचाहिं मान्ने गएचाहिं नमान्ने प्रवृत्ति ठीक भएन।
Q.
प्रधानमन्त्रीले सत्तामा गएपछि बहुदलीय प्रणालीलाई अस्वीकार गरेको हो?
A.
माथि चढ्ने खुड्किलोका रुपमा बहुदलीय व्यवस्था ठिक मान्ने अनि झर्ने भयो भने नमान्ने देखियो। माओवादीको अभिव्यक्ति लोकतन्त्र र संसदीय व्यवस्थाको विपरित भनाई हो। प्रधानमन्त्री जस्तो व्यक्तिको यस्तो अभिव्यक्ति नालायकीपन हो।
Q.
प्रधानमन्त्रीको अभिव्यक्ति आएलगत्तै केही बोल्नुभएन नि?
A.
सोधेको बेलामा मैंले बोलेको छु। माओवादीको गलत गतिविधिको चर्को आलोचना हामीलेनै गरेका छौं। तर हाम्रो कुरा कम सुनिएकाले देश असफलततातर्फ पुग्न लागिसक्यो।
Q.
सरकारलाई असफल भन्न मिल्छ?
A.
सरकार बिल्कुल असफल हुदैछ। शान्तिसुरक्षा बिग्रिएको छ। विद्रोही सरकारमा आएपछि शान्तिसुरक्षा सुदृढ हुन्छ भनिएकोमा त्यसको उल्टो भयो। संविधानसभा निर्वाचनको ताकाभन्दा पनि शान्तिसुरक्षा बिग्रिएको छ। १६ घण्टा लोडसेडिङले त देश बर्बाद भइसकेको छ।
Q.
लोडसेडिङको कारण तपाईंहरु रे नि?
A.
मेरो पालामा कालीगण्डकी चलाइएको हो, मध्यमर्स्याङदीको वार्तालाप पनि गरिदिएको हुं। मेरो पालामा एउटा योजना चलिरहेको थियो। अर्को प्रक्रियामा ल्याइदिएको थिएा। म जलस्रोतमन्त्री हुादा अरुण तेस्रो भर्खर गुमेको थियो। त्यतिबेला १४० मेगावाटको कालिगण्डकी शुरु गरिदिएा र मध्यमर्स्याङदी आउने वार्तालाप पनि गरिदिएा। मभन्दा पछिकाले बरु गल्ती गरेका हुन्। अहिले भएको लोडसेडिङको तीनवटा कारण छ। पहिलो मध्यमर्स्याङदी बनेपछि पनि विद्युत प्राप्त भएको छैन, दोस्रो कुरा कालिगण्डकीको दुईवटा टर्बाइन बिग्रिएको र कोशीमा बेलैमा टावर बनाएको भए अहिलेनै विजुली ६० मेगावाट आउथ्यो। दुइ सय मेगावाट विद्युत ल्याउन सकिनेमा सरकारले जिम्मेवारी देखाएन।
Q.
सरकारको कामकारबाही कस्तो छ?
A.
प्रचण्डजीले सरकार चलाउन जान्नुभएको छैन। मूल्य व्यापक वृद्धि भएको छ, आर्थिक क्षेत्र चौपट छ। अराजकता बढेको छ। यहां केही राम्रो काम गर्न सरकारले सकेको छैन।
Q.
माओवादी नेतृत्व सरकारको दक्षतामाथि प्रश्न उठाउनुभएको हो?
A.
माओवादीलाई सरकार चलाउन अनुभवनै छैन। यसले उनीहरुको क्षमतामा प्रश्न उठाउने प्रशस्त ठाउा छ। क्षमतानै नभएपछि दक्षताको त के कुरा भयो र।
Q.
यो सरकारलाई टिकाइराख्नुहुन्छ?
A.
यो सरकार राखिरहने नराख्ने भन्ने कुरा संसदको कुरा हो। मैंले राख्ने नराख्ने कुरा होइन। यसको आफ्नै प्रक्रियाबाट ठेगान हुन्छ।
Q.
तपाईंहरु सरकार ढाल्न लाग्नुभएको हो?
A.
हामी सरकार ढाल्ने बनाउने काममा लाग्दैनौं। हाम्रो जम्मा आठ जना सभासद छ। हामीले मात्र के गर्ने। सरकारको सांचो एमालेसंग छ। उहांहरुले के गर्नुहुन्छ सोध्नुहोस्।
Q.
एमालेसंग कुरा हुन्छ होला नि?
A.
मेरो एमालेका अलावा सबै नेताहरुसंग कुरा हुन्छ।
Q.
एमालेले सरकार ढाल्ने सााचो कहिले प्रयोग गर्छ?
A.
सरकार ढाल्नेबारे मैंले एमाले नेताहरुसाग कुरा पनि गरेको छैन। हामीसाग सााचो पनि छैन।
Q.
यो सरकारलाई धेरै टिकाइराख्न हुन्न भन्नुभएको हो?
A.
धेरै राखे हुन्छ हुन्न भन्नेबारे मेरो धेरै भन्नु छैन। सरकार विगत ५–६ महिनाको अवधिमा पूरै असफल भएको छ।
Q.
सरकारलाई कांध थाप्न लाग्नुहुन्छ?
A.
मेरो अवस्था कांध थाप्ने र नथाप्ने छैन। आठजना लिएर बसेको मान्छेले भनेर केही हुदैहुदैन।
Q.
सरकार एक्लिएको हो?
A.
सरकार एक्लिएको भन्ने थाहाछैन। तर असफल भएको मेरो ठहर हो।
Q.
असफल भएको भए किन सरकार चलिरहेको छ?
A.
असफल भएपछि पनि चल्न दिने कांग्रेस र एमालेले यसबारे निर्णय गर्नुपर्छ। सरकारको तर्फबाट जुन व्यवहार भएको छ, त्यसले लोकतान्त्रिक मूल्यमान्यतालाई कदर गरिएको छैन।
Q.
तपाईंहरु आन्दोलनमा जानुहुन्छ?
A.
आन्दोलनको पक्षमा म सोच्न थालेको छु। यस्तै रहिरहे हामी आन्दोलनमा जान्छौं। संविधानसभाको गेममा हामी महत्वपूर्ण छैनौं, आन्दोलनको गेममा हामी महत्वपूर्ण भूमिका खेल्न सक्छौं।
Q.
आन्दोलन कहिलेदेखि शुरु हुन्छ?
A.
आन्दोलन हाम्रो अधिकार हो। त्यो बाटोमा हामी जादैछौं।
Q.
आन्दोलनको स्वरुप कस्तो हुन्छ?
A.
हडताल गरिएला, बन्द गरिएला।
Q.
सरकारले बन्द हडताल गर्न नपाउने भन्दैछ नि?
A.
बन्द हड्ताल कसैले रोकेर रोक्न सकिने अवस्था नै छैन। यो त मानवअधिकारको हनन हो। तपाईंको पूर्व राजा ज्ञानेन्द्र शाहसंग सम्पर्क भइरहेको हो?