REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rish Dhamala with  Rajendra Mahato

माग पूरा नभए सरकार ढल्छ -- राजेन्द्र महतो, मन्त्री – आपूर्ति तथा वाणिज्य
Q.
तपाईले सरकालाई धम्क्याउनुभएको हो?
A.
हामीले सरकारलाई धम्क्याएका होइनौं। विनम्र अनुरोध गरेर विगतका सहमति कार्यान्वयन गरौं भनेका हौं।
Q.
तपाईंहरु किन सरकारमा गएको त?
A.
हामी विगतको सम्झौता कार्यान्वनयका लागि सरकारमा गएका हौं। सरकारका प्रमुख घटकहरुले विगतकेा सहमति कार्यान्वयन गर्छु भनिसकेपछि त्यो काममा सहयोग पुर्‍याउन हामी पनि सरकारमा सहभागी भएका हौं। अहिले आएर सहमति कार्यान्वयनमा हेलचेक्र्याइ गरिरहेको जस्तो लागिएको छ।
Q.
पांच महिनासम्म सम्झौता कार्यान्वयन भएन के हेरेर बस्नुभयो?
A.
हामीले सरकारलाई सम्झौता कार्यान्वयनका लागि आनाकानी नगर्न सचेत गराएका हौं। हामी सरकारबाट भाग्न खोजेका होइनौं, सहयोगनै गर्न खोजेका हौं। हाम्रो सम्झौता कार्यान्वयन नभए फागुन १६ गतेबाट दबाबपूर्ण कार्यक्रम शुरु हुन्छ। हामीले सम्झौता कार्यान्वयनका लागि फागुन १५ गतेसम्मको समय दिएका छौं।
Q.
तपाईंहरुको कार्यक्रम कस्तो हुन्छ?
A.
हामी सबै मोर्चामा दबाबमूलक कार्यक्रम गर्छौं। सडक, सदन र सरकारमा बसेर दबाब सृजना गर्छौं। दबाबबाट पनि सुनिएनभने वैशाख १० गते हाम्रो धैर्यको बांध टुट्छ। वैशाख १० गते संविधानको मस्यौदा आउने दिन हो। हाम्रो मागको पूर्ण विश्व स्वायत्त मधेश प्रदेश र संघीयता हो। त्यो संविधानसंग सम्बन्ध राख्दछ। संविधानको मस्यौदामा हाम्रो कुरा आएनभने मधेशी जनताको धैर्यताको बांध टुट्छ। त्यतिबेला सबै मोर्चा छाडेर एउटा मोर्चामा केन्द्रित हुनेछौं। हामी सदन र सरकार छाडेर सडकमा आएर वारपारको संघर्ष गर्नेछौं।
Q.
वारपारको संघर्ष भनेको के हो?
A.
हामी कुनैपनि हालतमा एक मधेश एक प्रदेश लागू गराउनेछौं।
Q.
एक मधेश एक प्रदेशको सीमा कहासम्म हुन्छ?
A.
त्यसबारे सहमति बनाउला। तर सरकारलेनै २० जिल्लालाई मधेश भनेको छ। महेन्द्रनगरदेखि झापासम्म एक मधेश हो।
Q.
एक मधेश एक प्रदेशले देश बिखण्डन हुदैन?
A.
एक मधेश एक प्रदेश भएर देश बिखण्डन हुदैन। जनताको माग सम्बोधन भएन भने के हुन्छ? हामी त एक मधेश एक प्रदेश संघीयतामा चित्त बुझाउने हो। हतियारधारीहरु त छुट्टै राज्यको पो माग गरिरहेको छ। एक मधेश एक प्रदेश भएन भने हतियारधारीहरुलाई बल पुग्छ।
Q.
एक मधेश एक प्रदेश भएन भने मुलुक टुक्रन्छ भन्नुभएको हो?
A.
एक मधेश एक प्रदेश भएन भने मुलुक टुक्रन्छ भन्नु प्रोभोक गर्नुहो। यसले संघीयताविरोधीलाई झन् बल पुग्छ।
Q.
नेपालमा संघीयता आवश्यकता छ?
A.
संघीयता अपरिहार्य छ। अन्तरिम संविधानलेनै स्वीकार गरिसकेको विषय हो। यसमा प्रश्न उठाउनेहरु जनआन्दोलनमाथि प्रश्न उठाउनेहरु हुन्। यस्तो क्रियाकलाप भए तेस्रो जनआन्दोलन हुन्छ।
Q.
तेस्रो मधेश आन्दोलन हुन्छ?
A.
हाम्रो माग पूरा भएन भने सशक्त मधेश आन्दोलन हुन्छ।
Q.
तपाईंहरु सशस्त्र संघर्ष गर्नुहुन्छ?
A.
हामी सशस्त्र गतिविधिलाई मान्यता दिदैनौं। शान्तिपूर्ण माध्यमले जनताको अधिकार सुनिश्चित गर्नसकिन्छ भन्ने मान्यताअनुरुप काम गर्छौं।
Q.
मधेशवादी दलहरुले हतियार उठाउदैनन्?
A.
हतियार त अहिले पनि उठिरहेको छ। हाम्रो जायज मागलाई बेवास्ता गरियो भने हतियारधारीको माग र व्यवहारलाई बल पुग्छ।
Q.
सरकारलाई कहिले ढाल्नुहुन्छ?
A.
मधेशको माग पूरा भएन भने सरकार आफै ढल्छ।
Q.
सरकार ढाल्नका लागि मधेशवादी दल लाग्छन्?
A.
यो सरकारको कर्जा कसले खाएको छ? सरकार आफै ढल्छ।
Q.
मधेशवादी दल एक भएर आन्दोलनमा जान्छन्?
A.
हामी आवश्यकता अनुसार मोर्चाबन्दी गर्छौं। विगतमा पनि मोर्चाबन्दी गरेर आन्दोलन गरेका हौं।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.