REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Madhav Kumar Nepal

सरकारको बारेमा मलाई नसोध्नुहोस् नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भावी प्रधानमन्त्रीका रूपमा चर्चामा हुनुहुन्छ। नेपालको कम्युनिस्ट आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभएका नेपालले २०६२/०६३ को जनआन्दोलनमा निर्णायक भूमिका निभाउनुभएको थियो। सादा जीवन र उच्च विचारलाई अङ्गीकार गर्ने इमानदार र मिलनसार एमालेका वरिष्ठ नेता नेपाल अहिले माओवादीको कडा आलोचक हुनुहुन्छ। डा. बाबुराम भट्टराईसँग उहाँको वाकयुद्ध नै चलेको छ। माओवादी गतिविधिलाई नेपालले कसरी नियाल्नुहुन्छ? अब एमालेले के गर्छ? नेपाली राजनीतिका शीर्ष नेतामध्ये एक माधवकुमार नेपालसँग को कुराकानीको महत्वपूर्ण अंशहरूः
Q.
तपाईंको माओवादीसँग सम्बन्ध चिसिएको हो?
A.
माओवादीसँग सम्बन्ध चिसिएको छैन। सम्बन्ध सामान्य छ। तर, माओवादीका केही नेताहरूको गतिविधिप्रति म असन्तुष्ट छु। उनीहरूले आफूलाई सुधार्नुपर्छ।
Q.
तपाईं को–कोप्रति असन्तुष्ट हुनुहुन्छ?
A.
पुष्पकमलजीको रेडियो नेपालमा सोमबार आएको अन्तर्वार्तामा बोलिएका कतिपय कुराहरूमा मेरो असन्तुष्टि छ। अरूबाट सुनेअनुसार पुष्पकमलजीले गल्ती गरेको महसुस गर्नुभयो रे। उहाँले बोल्न नहुने कुरा बोलेको भन्नुभयो रे। आफूले बोलेको कुराको खण्डन पनि गर्नुभयो रे।
Q.
तपाईंको डा. बाबुराम भट्टराईसँग के असहमति छ?
A.
बाबुराम भट्टराईजी जे मन लाग्यो त्यही बोल्न थाल्नुभएको छ। म उहाँलाई राजनीतिक स्थिति सुधार्न सुझाव दिन्छु। भट्टराईले मुखमा लगाम लगाउनुपर्छ। उहाँ जे पायो त्यही बोल्न योग्य हुनुहुन्न। उहाँलाई प्रधानमन्त्रीले पनि मुखमा लगाम लगाउनुपर्छ। सम्पूर्ण समस्याको जड नै बाबुराम भट्टराई हुनुहुन्छ।
Q.
तपाईंको वाकयुद्ध कहिलेसम्म चल्छ?
A.
जबसम्म माओवादीले गलत काम गर्छ, म विरोध गरिरहन्छु। म गलत काम गर्नेलाई सहन्न र त्यसविरुद्ध बोलिरहन्छु। माओवादीको राम्रो कामको प्रशंसा पनि गरेको छु र नराम्रो काम गरे आलोचना गरिरहन्छु।
Q.
बाबुराम भट्टराईले हारेको मान्छे भनेकाले मनमा चस्को पसेको हो?
A.
बाबुराम भट्टराईजी सत्तामा बसेर एमालेमाथि खनिनुभएको छ। त्यो हामीलाई सह्य हुँदैन। अपराध गर्नेलाई दण्डित गर्नुपर्छ। सत्तामा बसेको भन्दैमा गलत काम गरे माओवादीलाई छुट मिल्दैन।
Q.
माओवादीसँग सम्बन्ध सुधि्रन्छ कि बिग्रन्छ?
A.
माओवादी सच्चिनुपर्छ। उसले बोलीमा नभएर व्यवहारमा गरेर देखाउनुपर्छ। बोली एउटा र व्यवहार अर्को गर्ने छाड्नुपर्छ।
Q.
माओवादीको कुरामा विश्वास गर्नुहुन्न?
A.
म अहिले संवैधानिक समितिमा छु र संविधान निर्माणको दायित्वमा लागेको छु। म धेरै आलोचना गर्न चाहन्न। माओवादीले तल्लो दर्जामा ओर्लिएर अरूलाई गाली गर्ने काम छाड्नुपर्छ।
Q.
प्रधानमन्त्रीसँग पछिल्लोपटक कुरा भएको छैन?
A.
मैले तत्काल कुरा गरेको छैन। पुष्पकमलजीले बोलेको कुरामा म गम्भीर भएको छु। उहाँले बोली र व्यवहारलाई एउटै बनाउनुपर्छ।
Q.
सरकारको आयु कति हो?
A.
म सरकारमा छैन। मलाई सरकारको आयु थाहा छैन। सरकारको बारेमा मलाई केही नसोध्नुहोस्।
Q.
सरकार ढाल्न एमाले लागेको हो?
A.
यसबारेमा प्रचण्डजीलाई सोध्नुहोस्। एमाले सरकार ढाल्न लागेको छैन। यस्तै हो भने माओवादीकै कारणले सरकार ढल्न सक्छ।
Q.
तोकिएको समयमै संविधान बनाउन सक्नुहुन्छ?
A.
 एकदम। तोकिएको समयमै संविधान बन्छ। १५ महिनाभित्र लोकतान्त्रिक संविधान बन्छ भन्नेमा मलाई विश्वास छ। सबैलाई विश्वासमा लिएर राष्ट्रिय सहमतिका साथ अगाडि बढेमा देशलाई परिवर्तनमा लान सकिन्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.