REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rish Dhamala with  KP Sharma Oli

एमालेको नेतृत्वमा सरकार बन्छ -केपी शर्मा ओली केपी शर्मा ओली नेपालको कम्युनिस्ट प्रजातान्त्रिक आन्दोलनमा पृथक् व्यक्तित्व हुनुहुन्छ। ओलीको बोली आफैंमा एउटा पहिचान बनिसकेको छ। एमालेका वरिष्ठ नेता ओली माओवादीका विरुद्ध सधंै कडा रूपमा प्रस्तुत हुने गर्नुहुन्छ। आसन्न आठौं महाधिवेशनमा अध्यक्षका प्रबल दाबेदारका रूपमा देखिनुभएका शक्तिशाली नेता ओलीले घटना र विचारसँगको कुराकानीका प्रमुख अंशः
Q.
नेकपा एमालेको आठौं महाधिवेशनको तयारी कहाँ पुगेको छ?
A.
एमालेको महाधिवेशनमा दुईवटा कुराको तयारी सँगै अगाडि बढेको छ। दस्ताबेजको र व्यवस्थापनको तयारी सँगै अगाडि बढिरहेको छ। दस्ताबेजको छलफलको तयारी व्यापक रूपमा अगाडि बढिरहेको छ। दस्ताबेजका बारे सबै साथीहरूले अध्ययन र विश्लेषण गरिरहनुभएको छ। व्यवस्थापनको पाटो पनि असाध्यै अगाडि बढेको छ। प्रतिनिधि छनोट पनि धमाधम भइरहेको छ। कार्यक्रमस्थलमा उद्घाटन र बन्दसत्रको तयारी पनि भव्य रूपमा भइरहेको छ।
Q.
एमालेभित्र विचारको द्वन्द्व कुन स्तरमा छ?
A.
 विचारशील पार्टीमा विचारको छलफल छ, द्वन्द्व भन्नुपरेन।
Q.
महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदनप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ?
A.
प्रतिवेदनमा छलफल हुन्छ। त्यसमा सन्तुष्टि–असन्तुष्टिको कुराभन्दा पनि छलफलका लागि ल्याएकाले छलफल हुन्छ।
Q.
प्रतिवेदनमा सर्वसम्मति भइसकेको छैन नि?
A.
सर्वसम्मत भन्न मिल्दैन। छलफलका लागि ल्याएको छलफल हुन्छ। महाधिवेशनले प्रतिवेदनको टुङ्गो लगाउँछ।
Q.
अर्को प्रतिवेदन पनि आउला कि?
A.
त्यो कसरी भन्न सकिन्छ?
Q.
तपाईं अर्को प्रतिवेदन त ल्याउनुहुन्न?
A.
 दस्ताबेज कसरी आएको छ, त्यसमा छलफल हुन्छ। सविस्तार हेर्नुपर्‍यो, बुँदाहरू केलाउनुपर्‍यो, अनि मात्र प्रतिवेदन ल्याउने–नल्याउने भन्न सकिन्छ।
Q.
तपाईंले दस्ताबेज हेर्नुभएको छैन?
A.
सविस्तार हेरेको छैन। २ सय ४० पेज लामो छ। भर्खर आयो। अब हेर्नुपर्ला।
Q.
एमालेमा जनताको बहुदलीय जनवाद (जबज) को विकल्प छैन भनिन्छ, जबजलाई समयअनुसार बदल्नुपर्ने वा परिष्कृत गर्नुपर्ने स्थितिचाहिँ छ कि छैन?
A.
जबजलाई परिष्कृत गर्नुपर्ने स्थिति छैन। यो निर्विवाद विषय हो र यसको विकल्प छैन।
Q.
अब एमालेको नेतृत्व कसले लेला?
A.
महाधिवेशनले कसलाई छान्छ। कार्यकर्ताले जसलाई जिम्मेवारी दिन्छन् त्यही नेतृत्वमा पुग्छ।
Q.
तपाईं एमालेको भावी अध्यक्ष कि महासचिव?
A.
महाधिवेशनले जसलाई छान्छ त्यही हुन्छ। यो नै भनिसकेको छैन। छलफल गर्न बाँकी छ।
Q.
तपाईं अध्यक्ष बन्ने भनिएको होइन र?
A.
तपाईंहरूले भनिरहनुभएको छ। त्यसमा मेरो धन्यवाद छ।
Q.
तपाईं महासचिव बन्ने हो?
A.
महासचिव त झलनाथ खनालजी नै हुनुहुन्छ। उहाँले चलाइरहेको कुरामा अर्को किन झमेला गर्ने।
Q.
महासचिवमा फेरि झलनाथजी नै रहने हो?
A.
उहाँले महासचिव चलाइरहनुभएको छ। त्यो पदमा अर्को कोही आउनुपर्छ भन्ने लाग्दैन। महाधिवेशनपछि पनि उहाँ नै महासचिव रहनुहुनेछ। उहाँलाई महासचिवबाट किन हटाउने?
Q.
उसो भए अध्यक्ष केपी शर्मा ओली कि माधवकुमार नेपाल?
A.
अध्यक्षमा को–को उठ्छ अहिले नै भन्न सकिँदैन।
Q.
तीनैजना नेता अध्यक्षमा उठ्ने अवस्था छ?
A.
मैले केही सोचेको छैन। को–को उठ्नुहुन्छ म अहिले नै भन्न सक्दिनँ। म छलफल गरेर उठ्नेबारे सार्वजनिक गर्छु।
Q.
अध्यक्षमा उठ्नेबारे कहिले निष्कर्षमा पुग्नुहुन्छ?
A.
महाधिवेशन नजिक आउँदै छ। म छिट्टै निर्णय गर्छु। नामावली दाखिला गरुञ्जेलसम्म म निर्णय गर्छु।
Q.
एमालेको प्रतिनिधि छनोटमा तपाईंको पल्ला भारी छ कि झलनाथ खनालको?
A.
अहिले यो विषयमा बोलिहाल्नु उचित हुँदैन।
Q.
तपाईंलाई एमालेको भावी अध्यक्ष भन्दा गलत नहोला नि?
A.
लामो हाँसो.......... गलत नहोला।
Q.
माओवादीको सरकार सञ्चालन शैलीप्रति तपाईंको असन्तुष्टि किन?
A.
माओवादीबाटै जनता सन्तुष्ट छैनन् भने केपी ओली कसरी सन्तुष्ट हुने? माओवादीले निरङ्कुश र फासिष्ट शैली अपनाइरहेको छ।
Q.
सरकारले किन अध्यादेश ल्याएको होला?
A.
अध्यादेश भनेको तत्काल आकस्मिक रूपमा कानुनी अड्चनबाट उत्पन्न समस्याको सम्बोधन गर्न कानुनको अभाव देखियो भने ल्याउने हो। अस्थायी र आकस्मिक रूपमा कानुनी उपचारका लागि अधिवेशन नबसेको बेला पर्दा अधिवेशन बसुञ्जेलसम्मका लागि तत्काल अधिवेशन बोलाउने अवस्था छैन र बोलाएर पनि भ्याउन नसकिने अवस्था छ भने खास अवस्थामा मात्र अध्यादेश ल्याउन सक्छ। संयुक्त सरकार छ भने सबै घटकसँग परामर्श गरेर ल्याउन सक्छ। निर्णयमा सही गरिसकेर घिसार्ने कुरा उचित होइन। त्यस्तो आकस्मिक रूपमा उत्पन्न भएको परिस्थितिले अहिलेको परिस्थिति आकस्मिक रूपमा अध्यादेश ल्याउनुपर्ने अवस्था होइन। संसद् छल्ने, प्रतिनिधि संस्था छल्ने, स्वेच्छाचारी मनशायको अध्यादेशवादी चिन्तनलाई समर्थन गर्न सकिँदैन।
Q.
माओवादी कतातर्फ उन्मुख छ?
A.
माओवादी बहुदलीय प्रतिस्पर्धा चाहने मनशायले क्रियाकलाप गरिरहेको छैन। उसको क्रियाकलाप एकदलीय निरङ्कुशतातर्फ उन्मुख छ।
Q.
सरकारको नेतृत्वको परिवर्तन चाहनुहुन्छ?
A.
नेतृत्व सहमतिले बन्ने कुरा हो। म यो सरकारलाई राष्ट्रिय सरकार भन्दिनँ। संयुक्त सरकारले मात्र हुँदैन। अहिले सहमतिको राष्ट्रिय संयुक्त सरकार बन्नुपर्छ। सबै दलहरू सामेल भएको सरकार आजको आवश्यकता हो।
Q.
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कसले गर्न सक्ला?
A.
जसको नाममा सहमति हुन्छ उसैले नेतृत्व गर्छ।
Q.
एमालेले राष्ट्रिय सरकारको नेतृत्व गर्ने सम्भावनाचाहिँ छ?
A.
एमालेले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न सक्छ। त्यो गर्दा मुलुकको हित हुन्छ। सबैलाई चेतना भया।
Q.
महाधिवेशनपछि एमालेको नेतृत्वमा सरकार बन्ला त?
A.
महाधिवेशनपछि एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ।
Q.
एमालेबाट भावी प्रधानमन्त्री माधव नेपाल कि झलनाथ खनाल?
A.
छलफल गरेर जो पनि बन्न सक्छ। पार्टीले जसलाई अगाडि सार्छ उही हुन्छ।
Q.
तपाइं कसको पक्षमा हुनुहुन्छ?
A.
पार्टीले जसलाई निर्णय गर्छ, त्यसैको पक्षमा हुन्छु।
Q.
एमालेको महाधिवेशनपछि देशमा राजनीतिक परिवर्तन होला त?
A.
सही, सकारात्मक दिशामा राजनीतिक परिवर्तन हुन्छ।
Q.
एमालेले मुलुकलाई राजनीतिक निकास दिन सक्ला?
A.
हो। शान्ति–प्रक्रिया सफल बनाउन र संविधान पनि एमालेकै नेतृत्वमा बनाउने दिशामा मुलुक अगाडि बढ्छ।
Q.
काङ्ग्रेससँग कसरी सहमति गर्नुहुन्छ?
A.
काङ्ग्रेससँग पनि सहमति हुन्छ। त्यो कुनै ठूलो कुरा होइन।
Q.
सैन्य भर्तीमा विवाद छ नि?
A.
सैन्य भर्तीमा विवाद गर्नुपर्ने कारण नै छैन। सेनाले भर्ती गर्न पाउनुपर्छ।
Q.
प्रधानसेनापति रुक्माङ्गद कटवाल परिवर्तनको कुरा नि?
A.
अहिले प्रधानसेनापति परिवर्तनको कुरै छैन। उहाँले आफ्नो कार्यकाल पूरा गर्न पाउनुहुन्छ। त्यसपछि अर्को सेनापति आउँछ।
‹‹ Back
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.