REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Krishna Bahadur Mahara

प्रधानसेनापतिलाई हर्टाईन्छ -कृष्ण बहादुर महरा, प्रबक्ता नेपाल सरकार
Q.
प्रधानसेनापतिलाई कहिले हटाउनुहुन्छ ?
A.
हटाउने निर्णयभन्दा पनि पहिलो चरणको मकाम त हामीले स्पटिकरण सोधेका छौं । त्यो अध्ययन भइरहेको छ । त्यसको अन्तिम निर्णय आगामी क्याबीनेटको मिटिङ्गहुन्छ ।
Q.
स्पष्टिकरण प्रधानसेनापतिलाइ हटाउनका लागि लिएको होइन ?
A.
स्पष्टिकरणको अन्तिम निर्णय मन्त्रीहरुरुले दिन बांकी छ । त्यो आइसकेपछि सरकार एक्सनमा जान्छ ।
Q.
स्पष्टीकरण तपाईलाई कस्तो लाग्यो ?
A.
मलाई व्यक्तिगत रुपले सोध्नुभएको हो भने त्यो स्पष्टीकरण चित्तबुझ्दो छैन ।
Q.
भनेपछि तपाईहरु एक्सनमा जानुहुन्छ होइन ?
A.
समग्रमा क्याबीनेटमाअरु पार्टी मन्त्रीहरुपनि हुनुहुन्छ । उहांहरु सबैको धारणा आउनुपर्यो त्यतिबेला मात्र थाहा हुन्छ । तर सरकार पछि हट्ने पक्षमा छैन ।
Q.
अहिले सम्मको अवस्था हेदा प्रधानसेनापति कठ्टवाल हट्नुहुन्छ कि हट्नुहुन्न ?
A.
प्रधानसेनापतिको स्ष्टीकरण आत्माआलोचनाको पक्षमा छैन । आत्माआलोचनाको पक्षकमा नहुनुको कारण के हो भने नागरीक सरकारको मातहतमा बबस्न अस्विकार गर्नु हो जुन लोकतन्त्र विरोधी छ । त्यसकारण म के देख्छु भने विगतमा हामीले यति ठूलो आन्दोलन गर्यौ। त्यसको मर्मलाई पनि आत्मासाथ गर्ने हो भने जो सुकैले पनि अहिलेको प्रधानसेनापतिलाई राख्नुप भनेर र्समर्थनमा बोल्न सक्दैन । हामी प्रधानसेनापतिलाई हटाउने पक्षमा छौं ।
Q.
दलहरु त प्रधानसेनापति कै पक्षमा उभिएका छन् , कसरी हटाउनुहुन्छ ?
A.
हिजो प्रजातन्त्रको वकालत गर्ने कतिपय मित्र पंधानसेनापतिको पक्षमा देखिनुभएको छ । यसबाट उहांहरुको लोकतन्त्र सारतत्वमा लोकतन्त्र होइन की भन्नेमा प्रश्न उठेको छ ।
Q.
के सरकारले पछि नहटी सु्ख पाउला ?
A.
सरकार किन पछि हट्ने - हामी पछि हट्ने संभावना नै छैन ।
Q.
सरकारलाई दबाव पनि आएको छ नि - पछि नहट्दा द्धन्द्ध हुंदैन ?
A.
हिजो प्रतक्ष्य अप्रतक्ष्य तरीकाले राजालाई केन्द्र बिन्दु बनाएर चल्नेहरु र कुनै रुपमा राजासंग नजिकको सम्बन्ध राख्नेहरुबाट नै विरोध भएको हो । सेनापतिलाई बचाउन राजावादीहरु लागगेका छन् ।
Q.
भारतले पनि त प्रधानसेनापतिलाई नहटाउन भन्यो नि ?
A.
लोकतन्त्र पछि भारतको कमिट्मेन्ट प्रति नै प्रश्नचिन्ह खडा गर्नुपर्ने भयो हामीले गणतन्त्र ल्याउन जुन बलीदान गर्यौं-त्यसलाई आघात पुर्याउने काम पपनि भारतले गरेको हो । भारतले नेपालको यो विषयको आप्नो स्वार्थुसहितको कुनै चासो लिनुहुंदैंन । यो नेपालको आफ्नो मामिला हो । हामी हाम्रो समस्या आफैं समाभधान गछौर्ं । भारतले हस्तक्षेप गर्न खोज्नु असह्य कुरा हो ।
Q.
राजदुत राकेश सुद प्रधानमन्त्रीलाई भेटेर हिजो भारत जानुभयो नि ?
A.
उहां किन जानुभयो, त्यो मलाइृ कसरी थाहा हुन्छ - आफ्नो कामले होला । हामी जुन प्रिकृया अर्न्तर्गत अगाडि बढिरहेका छौं । यो सरकारको अधिकारको कुरा हो । यसमा भारत लगायत कुनै पनि देशको स्वार्थ सहितको कुनै चिन्ता र चासो नदेखाउन । हामी निर्ण्र्ाागर्न सक्छौं र नागरीक सर्वोच्चताको स्थापना गर्न चाहन्छौं । विदेशी हस्तक्षेप स्विकार्य हुंदैन ।
Q.
सेनापतिको मामलामा एमालेको भूमिका चाहीं कस्तो लाग्यो ?
A.
सबै पार्टी हिजो राजतन्त्रको नजिकको सम्बन्ध राखे । आजपनि राजतन्त्रको ह्यांग ओभर मुक्त नभएको हो कि जस्तो देखिन्छ । त्यो एमालेमा पनि देखिये । २००८ साल देखि अहिलेसम्म प्रजातन्त्रलाइृ आघात पुर्याउने मुख्य केन्द्र कुन हो भनेर बुझ्न नसक्नु उनीहरुको कमजोरी हो ।
Q.
कांग्रेसले संसद अबरुद्ध गरीरहन्छ रे नि ?
A.
म त अपिल मात्र गर्न सक्छु । परिवर्तनलाई नयां उचाईमा उठाएर संस्थागत गर्नू भनेकै लोकतन्त्रको संरक्षण र विकास हो । सरकारी निर्णयको विरोध गर्नुको कुनै तुक देखेको छैन मैले ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.