Rishi Dhamala with Girija Prasad Koirala
म चूप लाग्दिनँ : कोइराला
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेपाली राजनीतिका शीर्षपुरुष हुनुहुन्छ। ०६२/६३ का जनआन्दोलनका अगुवा एवम् क्रान्तिनायक कोइरालाकै अग्रणी भूमिकामा नेपालमा बिनारक्तपात राजतन्त्र अन्त भई लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। मुलुकमा सहमति, सहकार्य र एकताबाटै समस्या समाधान हुन्छ, लोकतान्त्रिक संविधान पनि लेखिन्छ र शान्ति–प्रक्रिया निष्कर्षमा पुग्छ भन्नेमा दृढइच्छाशक्ति बोक्नुभएका उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको सङ्क्षिप्त अंश :
Q.
अब कस्तो सरकार बन्ला?
A.
मैले १२ बुँदे समझदारी गर्दादेखि नै भनेको थिएँ कि नेपालमा सहमति, सहकार्य र एकताबिना कुनै पनि समस्या समाधान गर्न सकिँदैन। संविधानसभाको निर्वाचनपछि माओवादी सबैभन्दा ठूलो पार्टीका रूपमा संसद्मा आयो। तर पनि उसले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि सहमतिको राजनीतिलाई लत्याइदियो। आज त्यसैको परिणति मुलुकमा जुन किसिमको सङ्कट देखिएको छ यसको समाधानका लागि हामी प्रमुख दलहरू मिलेर सहमतिको सरकार निर्माण गर्नैपर्छ। अझै पनि शान्ति–प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्या उने र विकासलाई गति दिने हो भने उच्चस्तरको सहमति अनिवार्य छ।
Q.
एमालेको नेतृत्वमा सरकार अब त बन्ला होइन?
A.
प्रचण्डजीको राजीनामापछि आमसहमतिको सरकार बन्ने सम्भावना क्षीण भएको छ। माओवादी सहमतिमा आउन चाहिरहेको छैन। अझै पनि सहमतिको सरकार बनाउन म लागिपरेको छु। अहिलेको विवाद मिलाउनका लागि म, प्रचण्ड, झलनाथ, माधव नेपाललगायत प्रमुख पार्टीका शीर्ष नेताहरू बसेर विवाद मिलाएर सहमतिका साथ जानुपर्छ भन्ने पक्षमा छु। सहमति बन्न सकेन भने मुलुकलाई सरकारविहीन त बनाउनुहुँदैन। त्यसैले एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउनुपर्छ। मेरो मिसन पनि त्यही हो। एमालेको नेतृत्वमा बनेको सरकारमा सबै पार्टी सहभागी भएर सहमतिको संस्कार बनाउनुपर्छ।
Q.
माओवादी एमालेको नेतृत्वमा बन्ने सरकारमा आउला?
A.
माओवादी एमालेको नेतृत्वको सरकारमा आउनैपर्छ। हामीले अझै पनि महत्वपूर्ण काम गर्न बाँकी छ। संविधान लेख्न बाँकी छ, शान्ति(प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्यारएर जनताको चाहनाअनुसारको दिगो शान्ति स्थापना गर्नुपर्छ। माओवादी नेतृत्वको सरकारमा एमाले गएकै हो अब एमालेको नेतृत्वको सरकारमा माओवादी आउनहुँदैन भन्ने छैन नि। माओवादी लचिलो भएर आउनुपर्छ।
Q.
अब माधव नेपालजी नै प्रधानमन्त्री हुनुहोला त?
A.
अबको सरकारको नेतृत्व गर्ने एमालेका नेता माधवजी हुनुहुन्छ। उहाँले नेतृत्व गर्ने सरकारलाई काङ्ग्रेसको पूर्ण सहयोग र समर्थन रहन्छ। काङ्ग्रेस सरकारमा बसेर हुन्छ वा नबसेर हुन्छ सहयोग गर्छौं। एमालेले जनआन्दोलन, शान्ति(प्रक्रियामा खेलेको भूमिका प्रशंसायोग्य छ। त्यसलाई बुझेर पनि एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ।
Q.
माधव नेपाल प्रधानमन्त्री हुन बहुमत पुग्ला?
A.
एकदम पुग्छ। माधवजीको पक्षमा बहुमत पुग्नेमा म पूर्ण आशावादी छु। अहिले सबैले माधव नेपाललाई सरकारको नेतृत्व लिन सहयोग गरेर साझा सहमति र लचकता प्रदर्शन गरौँ न। मुलुकलाई राजनीतिक निकासको ढोका खोल्ने बाटो यही हो। त्यसो भएमा शान्ति(प्रक्रिया तार्किक निष्कर्षमा पुग्छ र दिगो शान्ति स्थापना हुन्छ।
Q.
माओवादीले त सदन चल्न दिएका छैनन् नि?
A.
मेरो एउटै लक्ष्य छ, त्यो भनेको प्रमुख दलहरूबीच सहमति बनाउने, राजनीतिक जीवन नै दाउमा राखेर जङ्गलमा रहेका माओवादीलाई राजनीतिको मूल प्रवाहमा ल्याएको हुँ। अहिले जस्तोसुकै परिस्थितिमा पनि माओवादी सच्चिनुपर्छ, विगतदेखि अहिलेसम्म गरेका सहमतिहरू सबै पालना गर्नुपर्छ, लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध हुनुपर्छ, मानवअधिकार, विधिको शासन र प्रेस स्वतन्त्रताको पालना व्यवहारबाट गरेर देखाउनुपर्छ। लोकतन्त्रलाई कमजोर बनाउने काम कसैले गर्योत भने म चुप लाग्दिनँ। लोकतान्त्रिक पद्धतिअनुसार माओवादी चल्ने हो भने उसले सदन अवरुद्ध गर्नुहुन्न र सदनले सबै कुराको टुङ्गो लगाउनुपर्छ। सरकार बन्न नदिएर माओवादीले के गरेको हो, मैले बुझ्न सकिरहेको छैन। तत्काल सदन अवरुद्ध नगरेर सहमतिका लागि पहल गर्नुहोस्।
Q.
माओवादीहरू सहमतिमा आएनन् भने मुलुक अप्ठ्यारोमा जाँदैन?
A.
माओवादीले राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि शान्ति(प्रक्रियालाई रणनीतिक रूपमा प्रयोग गरेका रहेछन् भन्ने प्रस्ट भएको छ। यसले मलाई धेरै दुःख लागेको छ। म निकै चिन्तित भएको छु। नेपाली जनताको शान्तिको चाहनालाई कसैले पनि कुठाराघात गर्न पाउँदैन। आफ्नो अभीष्ट पूरा गर्नका लागि माओवादीले शान्ति(प्रक्रिया तोड्ने काम गर्नुहुँदैन। उनीहरू लचिलो हुनैपर्छ र सहमतिका साथ आउनैपर्छ। अहिलेको स्थितिमा माओवादीले चालेको कदम गलत हो भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कुरा उठिसकेको छ। प्रचण्डजीको टेपले त यसलाई झन् छर्लङ्ग पारिदिएको छ।
Q.
विदेशीको चासो एक्कासि बढ्यो नि?
A.
नेपालको शान्ति(प्रक्रिया र कस्तो संविधान बन्छ भन्नेमा विदेशीको चासो छ। उनीहरू दलहरू मिलेर जानुपर्छ कर शान्ति(प्रक्रिया सफल होस् भनिरहेका छन्। म उनीहरूको शान्ति स्थापना होस् भन्ने हेतुले लिएको चासोलाई स्वाभाविक रूपमा लिन्छु। मित्रराष्ट्रहरूले नेपालमा राजनीतिक स्थायित्व होस् भन्ने चाहिरहेका छन्। त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस