REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Vijaya Kumar Gacchedar

ऊ त माओवादीकै नजिक हो - विजयकुमार गच्छदार मधेसी जनअधिकार फोरम संसदीय दलका नेता विजयकुमार गच्छदार नेपाली राजनीतिमा एक कुशल र सफल खेलाडीका रूपमा परिचित हुनुहुन्छ। जस्तोसुकै परिस्थितिमा पनि निर्णय लिन र जोखिम उठाउन सक्ने क्षमताका गच्छदार फोरमभित्र लोकतान्त्रिक धारका नेतृत्वकर्ता मानिनुहुन्छ। बृहत् लोकतान्त्रिक मोर्चा बनाउनका लागि कम्मर कसेर लाग्दै आउनुभएका उहाँले त्यसलाई साकार पार्नुभएको छ। निडर र राष्ट्रियताप्रति प्रतिबद्ध नेताका रूपमा परिचित उहाँ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा बन्न लागेको सरकारको उपप्रधान तथा गृहमन्त्रीका रूपमा चर्चामा हुनुहुन्छ। तराईमा लोकप्रिय नेता गच्छदारलाई भावी प्रधानमन्त्रीका रूपमा पनि हेरिएको छ। फोरमलाई साम्यवादी धारबाट मुक्त राखी प्रजातान्त्रिक धारमा पुर्या उन सफल मानिनुभएका उहाँ के भन्नुहुन्छ? विजयकुमार गच्छदारसँग ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंशः
Q.
तपाईंले फोरमलाई एमाले–काङ्ग्रेसको गठबन्धनमा सहभागी गराउन सक्रियता देखाउनुभयो, किन?
A.
म सुरुदेखि नै लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा रहँदै आएको हुँ। लोकतन्त्रलाई बलियो बनाई मुलुकमा दिगो शान्ति कायम राख्ने र संविधानलेखन समयमै पूरा गर्नुपर्छ भन्ने पक्षको हुँ। माओवादी नेतृत्वको सरकारमा गएपछि पनि मैले बारम्बार आफ्नो भिन्न दृष्टिकोण राखेको थिएँ। संविधानलेखनमा जोड दिएको थिएँ। माओवादीले प्रेस, सेना र न्यायालयमाथि प्रहार गर्दा पनि मैले त्यसविरुद्ध आवाज उठाएको थिएँ। पछिल्लोपटक सेनामा भएको हस्तक्षेप मलाई सह्य भएन। त्यसकारण प्रचण्डजीले प्रधानमन्त्री छाड्नुपर्यो्। प्रधानमन्त्रीको राजीनामा आएपछि लोकतान्त्रिक मोर्चाको विकल्प नभएको देखेर म अगाडि बढेँ। पार्टीका अधिकांश साथी बृहत् लोकतान्त्रिक मोर्चाको पक्षमा समावेश हुने निर्णयमा पुग्नुभयो। माओवादीको एकदलीय सर्वसत्तावादको उद्देश्य बुझेर मैले चालेको कदममा साथीहरूको सहयोग रह्यो।
Q.
प्रधानमन्त्री प्रचण्डसँग राजीनामापछि भेट्नुभयो?
A.
मैले अन्तिम क्याबिनेटमा भनेको थिएँ कि सेनामा हात नहाल्नुहोस्, यसले तपाईं, तपाईंको पार्टी र मुलुकको समेत हित गर्दैन। मैले बारम्बार भन्दा पनि उहाँले सुन्नुभएन। हालसालै भेट्दा उहाँले अपरिपक्व निर्णय गरिएछ भनेर पछुताउनुभयो। अब पछुताएर केही हुनेवाला छैन। मुलुक धेरै अगाडि बढिसक्यो। मैले बारम्बार भनेको थिएँ कि तपार्इंका लागि ठूलो अवसर छ, संविधान बनाउनुहोस्, दिगो शान्ति कायम गरेर इतिहासकै सर्वश्रेष्ठ राजनेता बनेर देखाउनुहोस्। तर, उहाँले यसलाई हल्का ढङ्गले लिनुभयो र मुलुक नै आफ्नो पकेटको पार्टी जसरी चलाउनुभयो। मुलुक एउटा पार्टी होइन न कि कुनै व्यक्ति वा परिवार नै हो। व्यक्ति, परिवार र पार्टीभन्दा मुलुक ठूलो हुन्छ प्रचण्डजी। मैले व्यक्तिवादी राजनीति गरेको पनि छैन र गर्दिनँ पनि। मेरा लागि म, मेरो परिवार र स्वयम् मेरो पार्टीभन्दा नेपाल प्यारो हो। यसको अखण्डता, राष्ट्रियता, लोकतन्त्रको संस्थागत विकास र दिगो शान्तिका लागि म कसैसँग सम्झौता गर्दिनँ।
Q.
प्रचण्डलाई एक्ल्याउन खोज्नुभएको हो?
A.
माओवादीले आफ्नो गलत चिन्तनलाई सुधार्नैपर्छ। हामी उसको गलत चिन्तन र उद्देश्यको विपक्षमा छौँ। हामी चाहन्छौँ कि माओवादी पनि सहमतिको सरकारमा आओस्। हामीले प्रचण्डजीको नेतृत्वको सरकारमा गएर मुलुक र मधेसको हितमा काम गर्न खोजेका थियौँ। संयुक्त मधेसी मोर्चासँग २०६४ साल फागुन १६ गते भएको सहमति कार्यान्वयन गर्न सकिएन। बारम्बारको प्रयास गर्दा पनि पार्टी माओवादीको पुच्छरजस्तो बन्यो। पार्टीभित्रकै केही मन्त्रीको आचरण र व्यवहारबाट बद्नाम हुनुपर्ने अवस्था आयो। मधेसमा पार्टीको सङ्गठन कमजोर भयो। हामीले सोच्यौँ कि प्रचण्डलाई साथ दिनु भनेको लोकतन्त्रको हत्या गर्नु हो र पार्टी सिध्याउनु हो। हामीले त्यसैले माधव नेपालको नेतृत्वमा सरकार गठन गर्ने अभियानको समर्थन गरेका हौँ। प्रचण्डजीको शैली, व्यवहार र एकांकी पारा एवम् एकदलीय शासन–शैलीको चाहनाले गर्दा माओवादी सत्ताबाट बाहिरिनुपरेको जगजाहेर नै छ।
Q.
माधव नेपाल नै किन?
A.
माधव नेपालजीको विगतको भूमिका मह140वपूर्ण छ। उहाँले लोकतन्त्र स्थापना गर्न ठूलो भूमिका खेल्नुभयो। शान्ति–प्रक्रियामा उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय छ। कम्युनिस्ट पार्टीमा रहेर पनि माधवकुमार नेपालले २० वर्ष लोकतान्त्रिक अभ्यास गर्नुभएको छ। उहाँ अनुभवी र परिपक्व हुनुहुन्छ। माधवजीको नेतृत्वमा संविधान लेखिन्छ र शान्ति–प्रक्रिया तार्किक निष्कर्षमा पुग्छ भन्ने हामीलाई विश्वास छ।
Q.
गिरिजाप्रसाद कोइरालालाई नेतृत्वका लागि किन आग्रह गर्नुभएन?
A.
गिरिजाप्रसाद कोइराला हामी सबैका अभिभावक हुनुहुन्छ। उहाँ आफैंमा साझा र सर्वमान्य व्यक्तित्व हुनुहुन्छ। उहाँको नेतृत्वमा लोकतान्त्रिक आन्दोलन सफल भयो। उहाँकै नेतृत्वमा संविधानसभा निर्वाचन सफलताका साथ सम्पन्न भयो। उहाँले प्रधानमन्त्री पद अस्वीकार गरेर त्याग देखाउनुभयो। गिरिजाप्रसाद कोइरालाले नै माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभयो। उहाँको सहयोगबाटै माधवजी प्रधानमन्त्री बन्ने अवस्थामा पुग्नुभएको छ।
Q.
फोरम सरकारमा जान्छ?
A.
मधेसी जनअधिकार फोरम सरकारमा सम्मानजनक ढङ्गबाट जान्छ। मेरो नेतृत्वमा सरकारमा जाने निर्णय संसदीय दलले गरिसकेको छ। यो निर्णय नै मधेसी जनअधिकार फोरमको आधिकारिक निर्णय हो।
Q.
पार्टीले एमाले नेतृत्वलाई समर्थन मात्र गरेको सरकारमा नजाने भनेको छ नि?
A.
यो गलत हो। संसदीय दलले मेरै नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ। त्यो निर्णयलाई कसैले उल्टाउन सक्दैन। फोरमका ५३ सभासद्मध्ये ३२ जनाले सरकारमा जाने निर्णयमा हस्ताक्षर गरिसक्नुभएको छ। सरकारमा जाने–नजाने निर्णय गर्ने सभासद्ले हो। सभासद्को निर्णय अस्वीकार गर्ने काम केन्द्रीय समितिले गर्न सक्दैन।
Q.
पार्टीले सरकारमा नजाने निर्णय गर्योर भने के गर्नुहुन्छ?
A.
पार्टीले त्यस्तो निर्णय गर्न सक्दैन। संसदीय दलको निर्णयलाई मार्गनिर्देशन गरेर सरकारमा जाने निर्णय सदनले गर्नुपर्छ। सुरुमा पार्टी अध्यक्ष सरकारमा एमालेलाई पनि समर्थन नगर्ने पक्षमा हुनुहुन्थ्यो। अहिले आएर समर्थन गर्ने कुरा गर्नुभयो। विगतमा माओवादीको नेतृत्वको सरकारमा जान हुने, एमालेको नेतृत्वमा जान नहुने? हामीले आफंै सरकारको नेतृत्व गर्नसके सहयोग गर्छु भनेको थिएँ। त्यो पनि नसके पनि एमालेको नेतृत्वको सरकारमा जाँदा केको आपत्ति? आफूले गरेको ठीक अनि अरूले गरेको बेठीक गर्नु साम्यवादी चिन्तन हो। हामी पार्टीलाई साम्यवादी चिन्तबनबाट मुक्त राख्ने अठोटका साथ अगाडि बढेका छौँ।
Q.
अध्यक्ष उपेन्द्र यादवले तपाईंलाई सरकारमा जानबाट रोक्नुभए के गर्नुहुन्छ?
A.
अध्यक्षजीले त्यसो गर्नसक्नुहुन्न। उहाँका लागि बुद्धिमत्ता भनेको संसदीय दलको निर्णय अनुमोदन गर्नु नै हुन्छ। संसदीय दलको निर्णय उल्टाउन खोजे विशेष महाधिवेशन डाकेर अध्यक्ष हटाइन्छ। उपेन्द्रजीले रातारात खुसुक्क प्रचण्डसँग भेट्दै पार्टीलाई चकनाचुर पार्ने मार्गमा हिँड्न थाल्नुभएकाले पार्टीलाई बचाएर लोकतान्त्रिक धारमा लैजानका लागि मैले प्रजातान्त्रिक गठबन्धन बनाउन सहयोग गरेको हुँ।
Q.
अध्यक्षलाई हटाउन सक्नुहुन्छ?
A.
फोरमलाई बलियो र एकीकृत बनाउनुपर्छ भन्ने मान्यताका साथ म हिँडेको छु। पार्टीलाई बलियो बनाउन साम्यवादी चिन्तनबाट मुक्त राख्नुपर्छ। अध्यक्षजी साम्यवादी र कम्युनिस्ट मोहबाट ग्रस्त हुनुहुन्छ। त्यस्तो मोह नत्यागे उहाँलाई हटाउन विशेष महाधिवेशन बोलाएर एउटा प्रक्रियामा गइन्छ। तर, हामी आफ्नो अडानबाट पछि हट्दैनौँ।
Q.
राष्ट्रपतिले आफ्नो कदम नसच्याएसम्म सरकार बनाउन नदिने भनेको छ नि?
A.
राष्ट्रपतिले चाल्नुभएको राजनीतिक र संवैधानिक कदम हो। यो अदालतमा विचाराधीन पनि भएकोले यसबारे म धेरै बोल्न चाहन्न। तर, माओवादीले सरकार बनाउन रोक्न सक्दैन र उसको गलत अभीष्ट पूरा हुन पनि हामी दिँदैनौँ।
Q.
नयाँ सरकार गठनमा भारतको रिमोट कन्ट्रोलले काम गरेको भनिन्छ नि?
A.
१२ बुँदे समझदारीमा हस्ताक्षर गर्दा नेताहरू दिल्ली जानुभएको थियो। गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपालदेखि प्रचण्डसम्मका नेताहरू भारतको सहयोगमा दिल्ली गएर सम्झौतामा हस्ताक्षर गर्नुभएको जगजाहेर छ। दिल्लीमा गएर नेता बन्ने, भारतको सहयोगमा ठूलो नेता बन्ने अनि अहिले भारतलाई गाली गर्ने? यो जनतालाई भ्रम पार्ने कुरा हो। भित्र एउटा गर्ने अनि बाहिर अर्को गर्ने? अब जनताले सबैको वास्तविकता बुझिसकेका छन्। कसैले गाली गरेर फाइदा छैन।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.