REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Bimalendra Nidhi

यो सरकारलाई कसैले ढाल्न सक्दैन विमलेन्द्र निधि, महामन्त्री, नेपाली कांग्रेस नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिसंग ऋषि धमलाले गर्नुभएको कुराकानी ः
Q.
नेपाली कांग्रेसबाट सरकारमा कस्ले नेतृत्व गर्छ ?
A.
नेपाली कांग्रेसमा नेतृत्वको अभाव छैन । त्यो विषयमा हामीले छलफल गरिसकेका छैनौं । हामीले सरकारमा जानेभन्दा अगाडि गर्नुपर्ने गृहकार्य गरिरहेका छौं ।
Q.
कांग्रेसले के के गृहकार्य गरिरहेको छ ?
A.
साझा सहमति र कार्यक्रम बनाउने, साझा संयन्त्र बनाउने, मन्त्रालयको स्वरुप र संरचनाको बारेमा छलफल गरिरहेको छ । कुन कुन मन्त्रालयमा कुन कुन पार्टर्ीी जिम्मेवारी निभाउनुपर्ने हुन्छ त्यसको टुंगो लगाउन बाँकी नैछ ।
Q.
सरकार संचालनको साझा संयन्त्रको संयोजक को हुन्छ ?
A.
सरकारको संचालन गर्ने साझा संयन्त्रको संयोजक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला बस्नुहुन्छ । उहाँलेनै साझा संयन्त्रको आव्हान गर्नुभएको हो । सबैले संयन्त्रमा बस्ने आग्रह गरिसकेका छन् । उहाँ संयन्त्रको संयोजक बस्नुहुन्छ ।
Q.
सरकारमा कांग्रेसबाट तपाईंलेनै नेतृत्व गर्नुहुन्छ हो ?
A.
त्यसको टुंगो लागेको छैन । त्यस विषयमा प्रवेशनै गरेका छैनौं ।
Q.
तपाईंको नाममा सहमति बन्न सक्छ कि सक्दैन ?
A.
हामी सरकारमा पार्टी तर्फाट कस्ले नेतृत्व गर्ने भन्ने विषयमा प्रवेशनै गरेका छैनौं ।
Q.
सहमति कहिलेसम्म बन्छ ?
A.
भोलिबाट छलफल हुन्छ र पर्सिभित्र टुंगो लाग्छ ।
Q.
कांग्रेस सरकारमा नजाने त होइन ?
A.
नेपाली कांग्रेस सरकारमा जान्छ । यसमा कुनै द्धुविधा छैन । आफै सरकार निर्माणका लागि एमालेलाई प्रस्ताव गर्ने अनि आफै नजाने भन्ने कुरा आउदैन ।
Q.
सरकारमा जानेबारे विवाद छ ?
A.
हामीलेनै नेकपा एमालेको नेतृत्वमा सरकारमा जानेबारे प्रस्ताव गरेका हौँ । सरकारमा जाने निश्चित छ । यसमा कुनै विवाद छैन । पार्टीट को नेतृत्वमा जाने भन्नेबारे पनि कुनै विवाद छैन ।
Q.
किन सरकारमा जाने नेतृत्वकर्ता चयन गर्न नसक्नुभएको ?
A.
भर्खर त प्रधानमन्त्रीले सपथ लिनुभएको छ । साझा सहमति र कार्यक्रम, सरकार संचालनको संयन्त्र र मन्त्रालयको जिम्मेवारीबारे छलफल हुदैछ । हतार भइसकेको छैन । अरु दलसँग पनि छलफल अगाडि बढिरहेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले अन्य दलसँग छलफल गरिरहेका छौं । हामी अधिनायकवादी चरित्रका होइनौं कि एकलौटी निर्ण्र्ाागरेर अगाडि बढौं । हामी चाहन्छौं कि सरकार निर्माणमा सहयोग गर्ने सबै दलको सरकारमा सहभागिता होओस् ।
Q.
कति दिनमा सरकारमा जान्छौं ?
A.
दुइ तीन दिनभित्र सरकारमा जान्छौं ।
Q.
कांग्रेसले कतिवटा मन्त्रालय लिन्छ ?
A.
त्यसको टुंगो भइसकेको छैन । छलफल अगाडि बढ्नेछ ।
Q.
गृह मन्त्रालय कांग्रसले लिने हो ?
A.
हामीले कुनै मन्त्रालयको उच्चारण गरेका छैनौं । हामी चाहन्छौं कि प्रधानमन्त्री माधवकुमार नेपाललाई पूण् सहयोग गर्न चाहन्छौं ।
Q.
असफल बनाउनकै लागि माधव नेपाललाई सरकारमा पुर्याउनुभएको हो ?
A.
त्यस्तो होइन । उहाँलाई सफल बनाउन चाहन्छौं । त्यसैले पनि यो यो मन्त्रालय चाहिएको भनेका छैनौं ।
Q.
कांग्रेसलाई जुनसुकै मन्त्रालय दिएपनि हुन्छ ?
A.
सबै बसेर छलफल गरेर जिम्मेवारी दिनुपर्छ । साझा सहमतिबाटै अगाडि बढ्नुपर्छ ।
Q.
यति आयु हुन्छ भन्ने तपाईंको ठोकुवा हो ?
A.
हो । यो सरकारको आयु संविधान बनाएर अर्को निर्वाचन गराउञ्जेलसम्मका लागि हो ।
Q.
माओवादीले यति लामो समय टिक्न देला ?
A.
माओवादीले टिक्न दिने नदिने भन्ने होइन । संविधानसभामा रहेका दलहरुले जबसम्म संरक्षण गर्छन् तबसम्म माधव नेपाल हटाउन सक्दैनन् । हामीले माओवादी जस्तो एकलौटी निर्ण्र्ाागर्ने नेतालाई प्रधानमन्त्री बनाएका होइनौं बरु सबैको कुरा सुनेर समन्यवयात्मक भूमिका निभाउनसक्ने माधवजीलाई प्रधानमन्त्रीमा र्समर्थन गरेका हौं । माधव नेपालजीलाई अरुको कुरा नसुन्ने बानी छैन । माधव नेपालले सरकार बनाउन सहयोग गर्ने सबै दलको सहयोग, सुझाव र सरसल्लाह लिएर अगाडि बढ्नुहुन्छ । उहाँको त्यही स्वभावका कारण हामीले र्समर्थन गरेका हौँ ।
Q.
सरकारलाई कसैले ढाल्न सक्दैन ?
A.
माधव नेपालको नेतृत्वको सरकारलाई कसैले ढाल्न सक्दैन । यो सरकार सबैको सकारात्मक सुझाव लिएर अगाडि बढ्छ र संविधान निर्माण गरी अर्को निर्वाचन गरेर छाड्नेछ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.