REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Sujata Koirala

प्रचण्डजीले बधाई दिनुभयो -सुजाता कोइराला नेपाली काङ्गे्रसकी प्रभावशाली नेत्री सुजाता कोइराला पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेर जानुभएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चाको शिखरमा हुनुहुन्छ। पार्टीको विदेश प्रमुखसमेत रहनुभएकी सुजाताले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि परराष्ट्रनीति कस्तो बन्छ भन्ने चौतर्फी जिज्ञासा छ। उहाँसँग ऋषि धमलाले गर्नुभएको कुराकानीः
Q.
तपाईं सरकारको नेतृत्वमा गएपछि पार्टीभित्र विवाद देखियो नि?
A.
मलाई विवाद भएकोजस्तो लाग्दैन। काङ्ग्रेस पार्टीभित्र कुनै विवाद पनि छैन। यो लोकतान्त्रिक पार्टी हो। सानातिना मतान्तर स्वाभाविक हुन सक्छ। तर, काङ्ग्रेसका मेचीदेखि महाकालीसम्मका कार्यकर्ता सरकारमा नयाँ पुस्ता सहभागी भएपछि निकै उत्साही छन्। कार्यकर्तामा उमङ्ग र खुसियाली पनि छाएको छ। काङ्ग्रेसमा सबैको मिसन छ कि पार्टीलाई एकढिक्का बनाउने, शान्ति–प्रक्रियालाई निष्कर्षमा पुर्यारउने र नयाँ संविधान लेखेर नेपाली जनतालाई नयाँ नेपालको अनुभूति दिलाउने।
Q.
पार्टीभित्र तपाईंको किन विरोध भएको होला?
A.
म स्पष्टवादी हुँ। काङ्ग्रेस पार्टी समुद्रजस्तै हो। यसमा हरेक विचार, दृष्टिकोण, चिन्तन बोकेका व्यक्तित्वहरू हुनुहुन्छ। मैले पार्टीको नेतृत्व गरेर सरकारमा गएपछि जुन ढङ्गको विरोध भएको छ भनिन्छ त्यो बाहिर देखिएको जस्तो होइन। भित्र त्यस्तो विवाद छैन। मलाई सबैको सहयोग र समर्थन छ।
Q.
ठूला नेता तपाईंको विरोधमा देखिए नि?
A.
त्यो पनि अनुमानको कुरा हो। सबै नेताहरूले मलाई बधाई र शुभकामना दिनुभएको छ। सफलताको कामना गर्नुभएको छ। सबैको चाहना काङ्ग्रेसले प्रभावशाली भूमिका निभाओस् भन्ने छ। युवापुस्ताको काँधमा जिम्मेवारी आओस् भन्ने चाहना पनि छ। सरकारमा काङ्ग्रेसले प्रभावकारी भूमिका निभाएर अगाडि बढ्नेछ। पार्टीको निर्देशन र सिद्धान्तअनुसार काम गर्नेछ। पार्टीका सबै नेता र कार्यकर्ताबाट सरकारमा गएको हाम्रो टिमलाई समर्थन हुनेमा हामी आशावादी छौँ।
Q.
तपाईंको मिसन के हो?
A.
क्रान्तिनायक आदरणीय सभापति गिरिजाप्रसाद कोइरालाको चाहना छ कि नेपालमा सहमति, सहकार्य र एकताका साथ सबै शक्तिहरूको बीचमा मेलमिलाप होस्, शान्ति–प्रक्रिया तार्किक निष्कर्षमा पुगोस्, लोकतान्त्रिक संविधान लेखियोस्, नेपाली जनताको जीवनस्तर सुधि्रयोस्, मानवअधिकार, कानुनी राज्य र प्रेस स्वतन्त्रतामाथि कहीँबाट पनि आँच नपुगोस्। म उहाँको सङ्कल्प पूरा गर्न लागेको छु। सरकारमा रहँदा पनि मेरो मिसन त्यही हुनेछ। हामी सबैले गिरिजाबाबुको महान् अभियानलाई साथ दिनुपर्छ र पूरा गराएरै छाड्नुपर्छ।
Q.
माओवादी प्रतिपक्षमा छ, कसरी सहमतिमा होला?
A.
नेपालमा गिरिजाप्रसाद कोइरालाले सुरु गर्नुभएको १२ बुँदे सहमतिको यात्रा निरन्तर अगाडि बढिरहेको छ। त्यसलाई अझै प्रभावकारी बनाउन नयाँ शिराबाट सहमति खोज्नुपर्छ। राष्ट्रिय सहमतिको विकल्प छैन। माओवादीलाई पनि सँगै लिएर जानुपर्छ। त्यो भएमा मात्र शान्ति–प्रक्रिया तार्किक निष्कर्षमा पुग्छ र नयाँ संविधान लेखेर देश नयाँ युगमा पुग्छ।
Q.
माओवादीलाई पनि सरकारमा ल्याउन सकिएला?
A.
काङ्ग्रेसको एउटै मात्र लक्ष्य छ, त्यो भनेको राष्ट्रिय सहमतिको विकास गर्ने। त्यसका लागि माओवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्छ।
Q.
माधव नेपालको नेतृत्वको सरकारमा माओवादी आउला?
A.
माओवादी पनि सरकारमा आउनुपर्छ। मलाई विश्वास छ कि अन्ततः माओवादी सरकारमा सहभागी भई दिगो शान्ति कायम गर्ने अभियानमा समाहित हुन्छ।
Q.
तपाईंको कुन–कुन नेताहरूसँग कुरा भइरहेको छ?
A.
मैले सबै पार्टीका नेताहरूसँग कुराकानी गरिरहेकी छु। सबैले भनिरहेका छन् कि अहिले मेलमिलाप र एकताको विकल्प छैन। सहयोग गर्छौं भनेका छन्। राष्ट्रिय सहमति निर्माणमा भूमिका खेल्नुहोस् भनेका छन्।
Q.
नेपालमा दिगो शान्ति कायम होला?
A.
मेरो माओवादी अध्यक्ष प्रचण्डजीसँग पनि हिजो टेलिफोनमा कुरा भयो। उहाँले बधाई दिनुभयो। शान्ति–प्रक्रियाप्रति पनि चिन्ता व्यक्त गर्नुभयो। सबै मिलेर जानुको विकल्प छैन भन्नुभएको छ। शान्ति–प्रक्रियाबाट विचलित नहुने बताउनुभएको छ। गिरिजाप्रसाद कोइरालाको शान्ति–प्रक्रिया निष्कर्षमा पुर्यालउने अठोट छ, त्यसलाई सबैले सहयोग गर्नुपर्छ। मलाई विश्वास छ माओवादीले यसलाई मनन गरेका छन्। माओवादी नेताहरूले पनि सहयोग गर्नुहुनेछ। सबै पार्टीका नेताहरू मिलेर जानुपर्छ।
Q.
प्रचण्डसँग अरू के कुराकानी भयो?
A.
समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। नयाँ संविधान तोकिएको समयमै लेख्नेबारे पनि कुराकानी भएको छ।
Q.
परराष्ट्रनीति कस्तो बनाउनुहुन्छ?
A.
त्यसबारे म अध्ययन गरिरहेकी छु। परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग छलफलमा व्यस्त छु। शान्ति–प्रक्रियामा अन्तर्राष्ट्रिय सहयोग छ, त्यसलाई बुझेकी छु। सबैको सहयोग लिएर नेपालको राष्ट्रिय हितमा प्रयोग गर्नुपर्छ। मित्रराष्ट्रहरूसँग सुमधुर सम्बन्ध बनाएर देशको हितमा काम गर्नुपर्छ। म यही मान्यताबाट अगाडि बढ्छु।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.