REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Mohan Vaidya Kiran

एमालेसँग सहमति भएकै हो-मोहन वैद्य किरण एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरण पार्टीभित्र हार्डलाइनरका रूपमा चिनिनुहुन्छ। माओवादीको पोलिटब्युरो बैठकले पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको अवधारणा अघि सारेको छ। तर, वैद्य अहिले पनि जनविद्रोह र जनगणतन्त्रका पक्षमा हुनुहुन्छ। पार्टीभित्र विचारक, चिन्तक र इमानदार नेताका रूपमा चिनिने वैद्य जनगणतन्त्रले नै नेपालमा सर्वहारा वर्गको नेतृत्व हुने धारणा राख्नुहुन्छ। पोलिटब्युरोका निर्णयबारे ऋषि धमलाले गर्नुभएको कुराकानबीको मुख्य अंश :
Q.
माओवादी पोलिटब्युरो बैठक सकियो। अब माओवादी कुन कार्यदिशा लिएर अघि बढ्छ?
A.
हामी कसरी जाने भन्ने कुराको अन्तिम टुङ्गो त केन्द्रीय समितिको बैठकमा नै लाग्छ।
Q.
पोलिटब्युरो बैठकको निर्णयचाहिँ के हो त?
A.
अध्यक्षको प्रतिवेदनमा हामीले छलफल र बहस गर्यौंन। त्यसलाई अन्तिम रूपमा पारित गर्ने काम त केन्द्रीय समितिमा नै हुन्छ। तर, राष्ट्रिय संयुक्त सरकारको अवधारणा आएको छ। अध्यक्षले पत्रकारहरूसित कुरा पनि गरिसक्नुभएको छ। तर, यसले अन्तिम रूप लिइसकेको छैन।
Q.
भनेपछि अब राष्ट्रिय संयुक्त सरकारको नेतृत्व कसले गर्छ त?
A.
माओवादीले नै गर्ने भन्ने हो। तर, यसको टुङ्गो लागेको छैन।
Q.
भनेपछि माओवादीको प्राथमिकतामा राष्ट्रिय संयुक्त सरकार नै छ?
A.
अहिलेको कठपुतली सरकारलाई हामी मान्दैनौँ। राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताका लागि राष्ट्रिय संयुक्त सरकार बनाउने भन्ने हो। त्यसको नेतृत्व माओवादीले गर्योर भने शान्तिप्रक्रिया, संविधान निर्माण र नयाँ नेपाल सम्भव छ।
Q.
काङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्न सक्छ कि सक्दैन?
A.
त्यसबारे हामीले सोचेका छैनौँ। अहिले राष्ट्रिय सरकार बन्ने भनेको माओवादीकै नेतृत्वमा हो।
Q.
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नि?
A.
त्यो पनि असम्भव छ। हामी जसरी पनि यो सरकारलाई ध्वस्त पार्छौं र माओवादीको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बनाउँछौं।
Q.
सरकार कसरी ढाल्नुहुन्छ?
A.
हेर्दै जानोस्, यो कठपुतली र विदेशी दलालको आडमा बनेको सरकार छिट्टै ढल्छ। यो सरकारको न जग बलियो छ न समर्थन छ। त्यसैले यो सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ भन्ने पक्षमा हामी छौं।
Q.
तपाईंहरू माधवकुमार नेपालको सरकार ढाल्न किन यसरी लाग्नुभएको हो?
A.
एमालेभित्र दुई धार छ। एउटा यथास्थितिवादी र विदेशी दलालको समर्थनमा लाग्ने केपी ओली गुटले परिवर्तनलाई रोक्न विदेशीको गुलामी गरिरहेको छ। अर्को वामदेव गौतम राष्ट्रवादी धारको नेतृत्व गरिरहनुभएको छ। उहाँसँग हाम्रो हातेमालो हुन सक्छ। तर, माधव नेपालजीको त अब आयु धेरै छैन। दिनगन्ती सुरु भइसकेको छ। यो सरकार जति दिन धेरै राख्यो, त्यति नै मुलुकलाई बोझ हुन्छ।
Q.
यत्रो समर्थन भएको सरकार ढाल्न तपाईंहरूसित के सामर्थ्य छ?
A.
माओवादीसित यो सरकार ढाल्ने सामर्थ्य पनि छ, रणनीति पनि छ। जनतामा यो सरकारलाई कुनै समर्थन छैन।
Q.
गोदावरीमा तपाईंहरूको के सहमति भएको थियो?
A.
त्यतिखेर सेनापति प्रकरणमा राष्ट्रपतिको कदमबारे प्रधानमन्त्री बोल्ने र नागरिक सर्वोच्चताका बारेमा सरकारले आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने सहमति भएको थियो। एमाले त्यो सहमतिबाट किन पछि हट्यो हामीलाई थाहा छैन, जबसम्म राष्ट्रपतिको कदम सच्याइँदैन, हामी सदन चल्न दिँदैनौँ।
Q.
सदन चल्न नदिने रणनीति केका लागि?
A.
राष्ट्रपतिको कदम सच्याइँदैन भने हामी सदन चल्न नदिएरै यो सरकार ढालिदिन्छौँ।
Q.
माओवादीबाट अबको प्रधानमन्त्री को? प्रचण्ड, बाबुराम कि नारायणकाजी?
A.
को हुने भन्ने कुरा त पछि टुङ्गो लाग्छ। अहिले भन्ने कुरा होइन।
Q.
प्रचण्डले अब प्रधानमन्त्री नहुने भन्नुभएको हो?
A.
निरपेक्ष रूपमा त्यसो भन्नुभएको होइन।
Q.
फेरि पनि प्रधानमन्त्री प्रचण्ड हुनुहुन्न त?
A.
अहिले नै केही भन्न सकिँदैन।
Q.
तपाईंले पोलिटब्युरोमा राख्नुभएको प्रतिवेदन तुहिएको हो?
A.
जनताको गणतन्त्र भनेर खरिपाटी र एकता महाधिवेशनमा पारित भएको कार्यनीति हो। पुरानै प्रकारको बुर्जुवा लोकतन्त्र होइन, जनताको गणतन्त्र बनाउने सोच कायमै छ।
Q.
पोलिटब्युरोमा त अस्वीकृत भएको होइन?
A.
होइन, होइन। राष्ट्रिय संयुक्त सरकार तत्कालिक कार्यक्रम हो। दीर्घकालीन कार्यक्रम त केन्द्रीय समितिले नै निर्णय लिन्छ। मूलभूत रूपमा हाम्रो कुरा शान्तिप्रक्रिया, संविधान निर्माण र नयाँ नेपाल नै हो।
Q.
माओवादीको आन्दोलन कसरी जान्छ?
A.
आन्दोलनको ठोस कार्यक्रम तय भएको छैन।
Q.
जनविद्रोह के हो त?
A.
त्यो अलग प्रसङ्ग हो। शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेन भने, नयाँ संविधान बनेन भने आर्थिक, सामाजिक परिवर्तनमा अवरोध सिर्जना गरियो भने जनता विद्रोहमा उत्रन्छन् र त्यसको नेतृत्व गर्न माओवादी तयार छ भनेको हो। त्यो साँचो हो। अहिलेको प्राथमिकता शान्ति र जनताको गणतान्त्रिक संविधान निर्माण हो।
Q.
जनविद्रोहको नीति छोड्नु भएको छैन ?
A.
नयाँ संविधान बन्न दिएन, शान्ति प्रक्रियामा बाधा हालियो भने माओवादी चुप लागेर बस्दैन जनविद्रोहमा जान सक्छौं। त्यो नीति हामीले छोडिसकेका छैनौं।
Q.
संविधानचाहिँ कस्तो बन्छ, लोकतान्त्रिक कि जनगणतान्त्रिक?
A.
संविधान जनगणतान्त्रिक नै बनाउनुपर्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.