REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  C P Gajurel

दस महिनामा जनगणतन्त्र आउँछ - सीपी गजुरेल एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पार्टीभित्र बौद्धिक र इमान्दार नेताका रूपमा परिचित हुनुहुन्छ। पार्टीका विदेश विभाग प्रमुखसमेत रहनुभएका गजुरेल जनगणतान्त्रिक संविधान बनाइछाड्ने दृढता व्यक्त गर्नुहुन्छ। पार्टीभित्र हार्डलाइनर नेताका रूपमा परिचित गजुरेलसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीका प्रमुख अंश :
Q.
माओवादी केन्द्रीय समिति बैठकको एजेण्डा के हो?
A.
बैठक सुरु हुन त दिनुहोस्। सचिवालय बैठक बसेर एजेण्डा तय गर्नेछ।
Q.
पार्टीको रणनीति बनाउनेबारे एजेण्डा त बन्यो होला नि?
A.
एजेण्डाबारे पूरै छलफल भएको छैन। सचिवालय बैठकले केन्द्रीय समितिमा हुने छलफलमा एजेण्डा तय हुन्छ।
Q.
पोलिटब्युरो बैठकको निर्णय केन्द्रीय समितिमा पेस हँुदैन?
A.
पोलिटब्युरो बैठकमा खासै कुनै निर्णय भएको छैन। पोलिटब्युरो बैठकले संविधान कसरी लेख्नेबाहेकको निर्णय गरेको छैन। छलफल मात्र भएको हो।
Q.
संयुक्त राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय भएको होइन?
A.
संयुक्त राष्ट्रिय सरकार बनाउने भन्ने ठ्याक्कै निर्णय भएको होइन। सरकार बनाउनका लागि पहल गर्नुपर्छ भन्ने निर्णय भएको हो। सबैभन्दा ठूलो दल भएकाले सरकार बनाउन पहल त गर्नैपर्छ। त्यो सरकार कसरी बनाउने, कसलाई लिएर जाने, कोसँग मिल्ने भन्ने निर्णय भएको छैन।
Q.
राष्ट्रिय सरकारको नेतृत्वचाहिँ कसले गर्ने भन्ने छ?
A.
राष्ट्रिय सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय भएको छैन।
Q.
राष्ट्रिय सरकार बन्यो भने काङ्ग्रेस, माओवादी या अरू कसले नेतृत्व गर्ने?
A.
माओवादीले नेतृत्व गर्ने हो। हामी आफैंले नेतृत्व गर्ने सरकारबाहेकमा जाँदैनौं।
Q.
माधवकुमार नेपालको नेतृत्वको सरकारमा जान सकिँदैन?
A.
कसरी जाने? सबैभन्दा ठूलो दल तेस्रो दलको नेतृत्वको सरकारमा कसरी जाने?
Q.
सबैले माओवादीलाई माधव नेपाल नेतृत्वको सरकारमै आउनुपर्छ भनिरहेका छन् नि?
A.
जसले भने पनि हामी माधव नेपाल नेतृत्वको सरकारमा जाँदैनौं। काङ्ग्रेस एमालेले जे भने पनि हामी यो सरकारमा जाँदैनौं। हामी आफ्नै नेतृत्वमा सरकार बनाउने हो।
Q.
माधव नेपाल नेतृत्वकै सरकारले संविधान बनाउने कुरा आएको छ नि?
A.
यो सरकार चल्दै चल्दैन। हाम्रो नेतृत्वको सरकार बनाउन अघि बढिरहेका छौँ।
Q.
तपाईंहरूको नेतृत्वमा कहिलेसम्मा सरकार बन्ला?
A.
राजनीतिक परिस्थित कसरी विकास हुन्छ त्यसले निर्धारण गर्छ। म ज्योतिषी होइन, मिति तोक्न सक्दिनँ।
Q.
तपाईंहरूको प्राथमिकता सरकार कि संविधान?
A.
हाम्रो प्राथमिकता सरकार होइन संविधान हो। त्यसका लागि मोर्चाबन्दी बनाइसकेका छौँ।
Q.
अस्ति भर्खर छाडेर फेरि सरकार बनाउन किन हतारिनुभएको?
A.
मुलुकलाई सरकारविहीनताको अवस्था राख्नुभएन नि।
Q.
माधव नेपाल नेतृत्वको सरकार छ नि, कसरी सरकारविहीनता हुन्छ?
A.
माधव नेपाल टिक्ने छाँटै छैन। उहाँलाई सरकार मान्न तयार छैनौँ। सरकार बन्नै सकेको छैन। पाँचौँपटकको किस्तासम्म त पूर्णता पाएको छैन। छैटौं किस्तासम्म जान्छ भन्ने सुनेका छौँ। सरकार बनेको भए चलाउनुपर्योव। चल्ने छाँटै छैन।
Q.
तपाईंहरूबाट प्रधानमन्त्री प्रचण्ड कि बाबुराम?
A.
पार्टीले निर्णय गर्ने विषय हो। को प्रधानमन्त्री बन्ने ठेगान भएको छैन।
Q.
तपाईंहरूलाई भारतले सरकार बनाउन ग्रिनसिग्नल दिएको हो?
A.
हामीलाई भारतको ग्रिनसिग्नल चाहिँदैन।
Q.
बाबुराम भट्टराईले सरकार ढाल्न भारतसँग अनुरोध गर्नुभएको छ नि?
A.
बाबुरामजीले के बोल्नुभएको हो थाहा छैन। त्यो गलत हो।
Q.
भारतसँग सम्बन्ध बिग्रन्छ कि सप्रन्छ होला अब?
A.
भारतसँग सम्बन्ध बिगार्न चाहँदैनौँ। सम्बन्ध किन बिगार्ने?
Q.
जनगणतन्त्र कहिलेसम्ममा ल्याउने योजना छ?
A.
जनगणतन्त्र चाँडै नै आउँछ। संविधान बन्न साढे १० महिना बाँकी छ। साढे दस महिनापछि बन्ने संविधानमा जनगणतन्त्र लेख्छौँ। नेपालमा १० महिनापछि जनगणतन्त्र आउँछ। यो मेरो ठोकुवा हो।
Q.
संविधानमा जनगणतन्त्र लेख्न सक्नुहुन्छ?
A.
जनगणतन्त्रमा लेख्न सकिन्छ। त्यसमा लोकतन्त्र, राष्ट्रियता, सङ्घीयता सबै हुन्छ।
Q.
जनगणतन्त्रात्मक संविधान बन्न दिइएन भने के गर्नुहुन्छ?
A.
जनगणतन्त्रात्मक संविधान बन्न कसैले रोक्न सक्दैन। संविधानसभामा कम्युनिस्टहरूको दुईतिहाई छ। सबै जनगणतन्त्रका पक्षधर भएपछि संविधान लेख्नबाट रोक्न कसले सक्छ? हाम्रो लक्ष्य प्रस्ट छ कि हामी नेपालमा जनगणतन्त्रात्मक संविधान बनाएर कम्युनिस्ट शासन स्थापित गर्छौं।
Q.
जनगणतन्त्रात्मक संविधान लेख्न एमालेले सहयोग गर्ला?
A.
एमालेले पनि जनगणतन्त्रात्मक संविधान लेख्न सहयोग गर्छ। त्यसको विकल्प छैन।
Q.
केपी ओलीले सहयोग गर्नुहुन्छ?
A.
एमाले पार्टीले गरेपछि केपी ओली एक्लैले नगरे के हुन्छ र। पार्टीले गरेपछि केपी ओलीले गर्नुपर्छ।
Q.
जनविद्रोहको आवश्यकता छ?
A.
हामीले जनयुद्ध पनि गर्यौंा, जनविद्रोह पनि गर्यौंय। अब जनविद्रोहको आवश्यकता छैन। संविधानसभामार्फत जनगणतन्त्र ल्याउँछौं।
Q.
माओवादीले एमालेसँग गरेको सम्झौताबाट सन्तुष्ट हुनुहुन्छ?
A.
त्यो आवश्यकता हो। सम्झौताभन्दा पनि आवश्यकता महसुस गरेका हौँ।
Q.
संसद्वादी बन्नुभएको हो?
A.
हामी संसद्वादी होइनौँ। यो संसद् नभई संविधानसभा हो।
Q.
राष्ट्रपतिको कदम सच्याउन सक्नुभएन नि?
A.
राष्ट्रपतिको कदम सच्याउनका लागि यो कदम चालेका हौँ। प्रधानमन्त्रीले राष्ट्रपतिले गरेका कुरा त सम्बोधनमा उल्लेख गर्नुभएको छ। हाम्रो माग जायज हो भन्ने देखिएको छ।
Q.
तपाईंहरूको माग त अहिले पूरा नहुने भयो नि?
A.
प्रधानमन्त्रीले संविधानसभामै बोलेर हाम्रो मागको कुरा गरेपछि माग बलियो भयो। हामीले उठाएको माग जायज हो भन्ने देखियो।
Q.
प्रधानमन्त्रीले राष्ट्रपतिको कदमलाई संवैधानिक भन्नुभएको छ नि?
A.
प्रधानमन्त्रीलाई राष्ट्रपतिले शपथ खुवाएपछि उहाँ कसरी विरोधमा जान सक्नुहुन्छ?
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.